उम्मेदवारी दर्ताले मोर्चामा फुटको संकेत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 04, 2017 | 07:57:01 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी नेपाल (राजपाने)का नेताहरूले अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको औचित्य सकिएको बताएका छन् ।मधेसी मोर्चा र संघीय गठबन्धनले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित नभएसम्म स्थानीय तह निर्वाचनको कुनै पनि प्रक्रियामा समावेश नहुने निर्णय गरेका थिए ।


मोर्चासहितको गठबन्धनको नेतृत्व संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले गर्दै आएका छन् । यादव नेतृत्वको पार्टीले भने स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुलाई राजपानेका नेताले ‘धोका’को संज्ञा दिएका छन् । 


मोर्चामा आवद्ध सात दलमध्ये ६ वटा मिलेर महन्थ ठाकुरको नेतृत्वमा राजपाने गठन भएको थियो । उक्त एकीकरणमा संघीय समाजवादी फोरम सहभागी भएन । अध्यक्ष यादवले डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीसँग एकीकरणको योजना बनाएका थिए ।

विगतमा मधेसकेन्द्रित पार्टी एकीकरणको प्रयास अघि बढ्दा उनले अशोक राई नेतृत्वको संघीय समाजवादीसँग एकता गरेका थिए । ६ दलबीचको एकीकरणसँगै मोर्चामा राजपाने र संघीय समाजवादी गरी दुई दल मात्र छन् ।

स्थानीय निर्वाचनका लागि संघीय समाजवादीले निर्वाचन आयोगमा दल दर्ता गराएदेखि नै मोर्चाका अन्य नेता संशकित देखिएका थिए । उम्मेदवारी दर्तापछि भने मोर्चाको औचित्य सकिएको निष्कर्ष राजपानेका नेताको ठम्याइ छ ।

उक्त पार्टीको निष्कर्षप्रति संघीय समाजवादीले आपत्ति जनाउँदै बुधबार पत्रकार सम्मेलन नै ग¥यो । राजपानेले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै संघीय समाजवादीले मोर्चा र गठबन्धनको औचित्य अझै रहेको दाबी गरेको कारोबार दैनिकमा खबर छ ।

संविधान संशाोधन नगरी स्थानीय निर्वाचन हुन नदिने, दुई चरणको निर्वाचनलाई एकै चरणमा सम्पन्न गर्नुपर्ने गठबन्धनको अडानलाई मोर्चामा संलग्न केही घटक दलले घुमाउरो पाराले अस्वीकार गर्दै सरकारी प्रस्तावलाई नै स्वीकार गर्ने अवस्था निर्माण गरेको विज्ञप्तिमा उल्लेख छ । 

यादवले राजपानेको दलीय हैसियत पहाडी क्षेत्रका प्रदेश नम्बर ३, ४ र ६ मा नरहेको दाबी गर्दै भनेका छन्, “प्रदेश नम्बर ३, ४ र ६ मा संघीय समाजवादी फोरम, नेपालको पार्टी संगठित रहेको हुँदा निर्वाचनलाई समेत संघर्षको अर्को रूपमा प्रयोग गर्न हामीले स्थानीय तहमा आफ्नो दलका तर्फबाट उम्मेदवारी दर्ता गरेका हौं ।” उनले संविधान संशोधन नभए दोस्रो चरणको निर्वाचन गराउनु राष्ट्रिय एकता र राष्ट्रहितविरुद्ध हुने चेतावनी दिए । 

राजपानेका नेताहरूले भने पार्टी संगठन पहिलो चरणमा निर्वाचन हुन लागेका १७ जिल्लामा रहेको दाबी गरेका छन् । मोर्चाले निर्वाचनमा भाग नलिने निर्णय गरेका कारण मनोनयन दर्ता नगरिएको हो ।

उक्त पार्टी नेता केशव झाले भने, “हामीले चाहेको भए १७ जिल्लामा मनोनयन दर्ता गर्न सक्थ्यौं । तर, त्यसो गरेनौं । हामी प्रतिबद्ध छौं कि संविधान संशोधन नभएसम्म निर्वाचनमा जान्नौं ।” 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved