भरतपुर प्रकरणमा आज सर्बोच्चमा सुनुवाई हुदै, श्रेष्ठ र राउतको इजलासमा तोकियो पेशी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 11, 2017 | 12:14:46 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर १९ मा पुन मतदान गराउने निर्बाचन आयोगको निर्णय बिरुद्द सर्बोच्च अदालतमा दायर भएको रिटमा आज सुनुवाई हुदैछ । यस अघि यहि रिटमा प्रारम्भिक सुनुवाई गर्दै अदालत जेठ २२ मा त्यहाँ ६ दिनसम्म कुनै निर्बाचन गैतिबिधि नगर्न आदेश दिएको थियो । साथै अदालतले आज छलफलका लागि दुवै पक्षलाई डाकेको छ । 

यस मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ ।

निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय बिरुद्द गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले आज सर्बोच्च अदालतमा रित दायर गरेका हुन् । 

रिटमा निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुर-१९मा पुन: मतदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णय खारेजीको माग गरिएको छ। रिटमा भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सूचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरिएको छ ।

रिट दायर गरेका विक भरतपुर महानगरपालिका-१९ को वडासदस्यका उम्मेद्वार हुन् भने अधिवक्ता  पाण्डे त्यहिका मतदाता हुन्।  

मतगणना अन्तिम चरणमा रहेको बेला त्यहाको मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो।  आयोगको जेठ २० गते बसेको बैठकले त्यहाँ मतगणना स्थल कब्जा भएको भन्दै पुन मतदान गराउने निर्णय गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved