भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादीकी रेणु दाहाल विजयी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 05, 2017 | 09:27:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भरतपुर महानगरपालिकामा नेकपा माओवादीकी रेणु दाहाल विजयी भएकी छिन। माओवादी केन्द्रकि प्रत्यासी दाहालले निकटम प्रतिद्वन्द्वी देवी ज्ञवालीलाई २०३ मतले हराउंदै भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन। 

माओवादी केन्द्रकी दाहालले नेकपा एमालेका मेयरका प्रत्यासी ज्ञवालीलाई झिनो मतले हराउंदै बिजयी भएकी हुन। यद्दपी निर्वाचन अधिकृतद्वारा औपचारिक घोषणा हुन भने बाँकी रहेको छ। लगभग ३ महिनाको अवधि पश्चात भरतपुर महानगरपालिकाले मेयर पाएको हो।

वडा नम्बर १९ मा २४१० मत खसेको थियो भने वडा नम्बर २० मा ३३०५ मत खसेको थियो। वडा नम्बर २० मा खसेको कुल मत मध्य २८०० मत गन्दा सम्म देबी ज्ञवालीले ४२ हजार ७५७ मत र रेणु दाहालले ४२ हजार ९१३ मत ल्याएकी छन। 

स्थानीय तहको पहिलो चरण अन्तर्गतको निर्वाचनमा भरतपुर महानगरको वडा नम्बर १९ को अवस्था अन्यौल रहेको थियो। जेठ १४ गत वडा नम्बर १९ को मत गन्ने क्रममा मतपत्र च्यातिए पश्चात पुनमतदान या पुन मतगणना भन्ने बारे अन्यौल थियो। सर्वोच्च अदालतले पुन मतदानको आदेश दिए पश्चात साउन २० गते शुक्रबार वडा नम्बर १९ मा पुन मतदान भएको हो। १९ नम्बर वडामा २४१० मत खसेको थियो।   

यस अघि: 

भरतपुर अपडेट: रेणु दाहाल ९९ मतले अगाडि, अब ज्ञवाली पछ्याउंदै

भरतपुर अपडेट: रेणु दाहाल ५७ मतले अगाडि, अब ज्ञवाली पछ्याउंदै

भरतपुर अपडेट: वडा नम्बर २० को मतगणना जारी, दुई उम्मेदवारको कडा टक्कर

भरतपुर अपडेट:वडा नम्बर १९ को मतगणना सम्पन्न,अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी

भरतपुर अपडेट:वडा नम्बर १९ को मतगणना सम्पन्न,अध्यक्ष सहित प्यानल नै काग्रेस बिजयी

भरतपुर अपडेट: अहिलेसम्म २ हजार ४ सय १० मत गणना,वडा नं. २० को गणना दिउँसोबाट गर्ने तयारी

भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

भरतपुर महानगरपालिका वडा नं. १९ मतगणना: रेणु दाहाल भन्दा देबी ज्ञवाली ४१७ मतले अगाडी

भरतपुर महानगरपालिकाको मतगणना सुरु

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved