कमोडिटी बजारको अप्सन कारोबार अब आईओएस संस्करणमा पनि

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2017 | 07:43:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कमोडिटी मार्केट संचालन गर्दै आएको मेक्स नेपालले बजार मागलाई मध्यनजर गर्दै अप्सन कारोबारका लागि आईओएस संस्करण बजारमा ल्याएको  छ।

आइफोन तथा आइप्याड प्रयोगकर्ताहरुले अब एप स्टोरमा गई अप्सन कारोबारका लागि मेक्सएन नेपाल ट्रेडर डाउनलोड गर्न सक्नेछन्। उक्त एप्लिकेसनबाट अप्सन सम्बन्धि सम्पूर्ण कारोबार गर्न सकिनेछ।

एन्ड्रोइड संस्करणमा उपलब्ध सबै विशेषताहरु आईओएस संस्करणमा उपलब्ध रहेका छन्। १ सय रुपैयाँ बराबरको न्यूनतम लगानीबाट सुरु गर्न सकिने हुनाले अप्सन कारोबार लगानीकर्तामाझ लोकप्रिय हुदै गैरहेको छ।

१ मिनेट देखि ४ घण्टाको मध्यान्तरका अप्सन करारहरु उपलब्ध भएका कारण छोटो समयका लागि लगानी गर्ने कारोबारीहरु पनि यस प्रतिआकर्षित भैरहेको मेक्सले जनाएको छ।अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको लागानीको यो उपकरण मेक्स नेपालले मात्र हाल बजारमा ल्याएको जनाएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved