उद्यमी महिला सहकारीको बचत ९१ लाख

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 06:45:31 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा । पोखरा लेखनाथ नगरपालिका वडा नं ३३ मा क्रियाशील मिलनसार सामाजिक उद्यमी महिला सहकारी संस्था, खैरेनी, भरतपोखरीले आफ्नो बचत रु ९१ लाख पु¥याएको छ । 

संस्थाको छैटौँ वार्षिक साधारणसभामा अध्यक्ष कमलादेवी आचार्यले उद्यमशीलताका आधारमा आर्थिक समृद्धितर्फ महिलालाई उन्मुख गराउने उद्देश्यका साथ क्रियाशील सहकारी संस्थामा २०६८ साल यता ६७६ जना महिला शेयर सदस्य बनिसकेकोे बताए । 

छरिएको महिलाको सानो पूँजी बचत गरी त्यसमार्फत उद्यमशीलता विकासका कार्यक्रम अघि सारिएको उनले जानकारी दिए  । आयआर्जन एवं उद्यमशीलताको विकासका लागि सहकारीले दूध संकलन तथा बजारीकरण, दाना चोक्कर बिक्री वितरणजस्ता कार्यलाई प्राथमिकतामा राखेको छ । 

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले महिलालाई संगठित गर्दै उद्यमशीलता एवं आयआर्जनका कार्यलाई अघि बढाउनु प्रशंसायोग्य भएको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved