नेपालमा कसरी हुन्छ 'अबैध' बिटकोइनको कारोबार ? राष्ट्र बैंकलाई किन छ खतरा ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 17, 2017 | 08:19:34 AM मा प्रकाशित

laxmi  sunrise bank

बिटकोइन विश्वबजारमा मात्र नभई नेपालमा समेत चिया गफ बन्न पुगेको छ। एकातर्फ जापानले बिटकोइनलाई जापानले कानुनि मान्यता दिएको छ भने अर्को तर्फ अमेरिका स्थित जेपी मोर्गन चेस बैंकका प्रमुख कार्यकारी अधिकृत जेम्स डैमोनले बिटकोइनलाई एक धोखा भन्दा कम नभएको बताएका छन। 

बिटकोईनका लगानीकर्ता तथा कारोबारीहरु त्यो बेला बढी पिडामा परे जब शांघाई केन्द्रित बिटिसी चाइना, चाइना स्थित बिटकोइनको एक प्रमुख एक्सचेन्ज, ले सेप्टेम्बर ३० देखि क्रिप्टो करेंसीको कारोबार बन्द गर्ने घोषणा गर्यो। चाइनाको नियमनकारी निकायको कडा निर्देशनका कारण आफुहरुले कुनै पनि क्रिप्टोमुद्राको कारोबार नगर्ने उसले घोषणा गरेको हो। 

त्यस्तै बिटिसी चाइनाले जस्तै बिटकोइन एक्सचेन्ज भियाबिटिसी र युन्बीले पनि कुनैपनि क्रिप्टो मुद्राको कारोबार नगर्ने घोषणा गरे पश्चात बिटकोइनका कारोबारी र लगानीकर्तालाई ठुलो झड्का लागेको छ। 

त्यस्तै छिमेकी मुलुक भारत समेत बिटकोइनसंग खुसि देखिएको छैन। भारतको केन्द्रीय बैंक 'रिजर्भ बैंक अफ इन्डिया' का आधिकारिक व्यक्ति सुदर्शन सेनले गत सेप्टेम्बर १३ मा भनेका छन 'केन्द्रिय बैंक 'गैर फाइटर' बिटकोइन जस्ता क्रिप्टोमुद्रासंग असहज महसुस गरेको छ।' 

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटकोइन जस्ता क्रिप्टोमुद्रा चलाउन गैरकानुनि रहेको सूचना निकालिसकेको छ। केही नेपालीले इन्टरनेटको माध्यमबाट बिटकोइनको कारोबार गरेको बुझिएको भन्दै राष्ट्र बैंकले बिटक्वाइनको कारोबार नगर्न सर्वासाधारणलाई आग्रह गरेको थियो ।  

नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरे पनि नेपालीसँग करिब ४० अर्बको बिटक्वाइन रहेको खुल्न आएको छ। राष्ट्र बैंकको अनुसन्धानअनुसार नेपालमा १० हजार नेपालीसँग बिटकोइन छ। यो तथ्यांक अझ धेरै हुन सक्ने जानकारहरु बताउछन। राष्ट्र बैंकको अनुसन्धानका अनुसार एक नेपालीसँग औसत १० बिटक्वाइन छ।  

त्यस्तै गत साता मात्र बेलायतमा बिटकोइनका सम्बन्धमा ठुलो बहस चलेको छ। बिटकोईनको मुल्य निर्धारणको आधार बिश्वास बाहेक अरु केहि नभएको भन्दै बेलायतमा समेत बिटकोइनको कारोबार नगर्न र नगराउन सर्वसाधारणमा जनचेतना फैलाउन काम भईरहेको छ। 

पछिल्लो पटक नेपाल लगायतका विश्वका अधिकांश राष्ट्रहरुमा बिटकोइन सम्बन्धी धारणा 'नकारात्मक' आएकाले बिटकोइनको मुल्यमा पछिल्लो १५ दिनमा अन्तरमा भारि गिरावट आएको छ।

विश्वको हरेक देशको मुद्राको नाम आ-आफ्नो हुन्छ र त्यसको भ्यालु (मुल्य) पनि फरक फरक हुन्छ। तपाई जहाँ पनि जानुस तपाईले त्यो देशको मुद्रा प्रयोग गर्नुपर्ने हुन्छ। 

जस्तो नेपालको मुद्रा रुपैयाँ हो र अमेरिकाको डलर हो। भारतको रुपियाँ हो भने स्विजरल्याण्डको फ्र्यांक हो। हरेक देशको मुद्रा निष्कासनमा कानुनी रूपमा त्यहाँको केन्द्रीय बैंकहरूले एकाधिकार पाएका हुन्छन।

यही निष्कासित मुद्रामा आधारित भएर बैंक तथा वित्तीय संस्थाहरूले वित्तीय मध्यस्थता र भुक्तानी प्रणाली सञ्चालन गर्छन् । देशको केन्द्रीय बैंकले निष्कासन गर्ने हुनाले यस्ता मुद्रा लेनदेनमा जनविश्वास रहने र सर्वस्वीकार्यता समेत हुने गरेको छ। 

यसै गरी इन्टरनेटमा पनि एक मुद्रा छ जो भर्चुअल छ। जसको बारेमा आजकाल हर कोहि जान्न चाहन्छ। आजको समयमा बिटकोइन निकै चर्चित छ। हरेक ५० जनामा एक जनाले यसको बारेमा कुरा गरिएको पाइएको छ। 

बिटकोइन एक खुला पेमेन्ट नेटवर्क हो जहाँ तपाई अन्तर्राष्ट्रिय रुपमा नै लेनदेनका रुपमा यसलाई प्रयोग गर्न सक्नुहुन्छ। यसका बावजुत यसबाट नेपालमा अनेक कामहरु भईरहेको पाइएको छ। नेपालमा पछिल्लो समय भुक्तानीको गतिलो माध्यममा सुन पछि बिटकोइनले स्थान बनाउदै गरेको छ। जसकारण नेपाल बाहिर सम्पती लैजान र हुण्डीकारोबारीलाई सहज भएको छ।

बिटकोइनलाई भौतिक मुद्रालाई बिस्थापन गर्न ल्याइएको मुद्राको रुपमा समेत ब्याख्या गर्न थालिएको छ। जसरी वस्तु विनिमय (बार्टर) प्रणालीलाई सुनको प्रयोगले विस्थापन गरेको थियो। त्यस पश्चात भौतिक मुद्राले बस्तु बिनिमान (बार्टर) प्रणालीलाई विस्थापन गरेको थियो। त्यसैगरी हाल प्रचलनमा रहेको भौद्रिक मुद्रालाई चुनौती दिन विद्युतीय मुद्रा (डिजिटल करेन्सी) को प्रयोगले व्यापकता पाउन थालेको छ। बिटकोइनलाई यहि यहि उदेश्यले स्थापना गरिएको भन्ने बुझाई छ। त्यसकारण नै यसको बढ्दो प्रयोगमा विश्वभरका सरकार र केन्द्रीय बैंकहरू चिन्तित छन् ।    

के हो बिटकोइन ? 

सन् २००९ मा पहिलो पटक डिजिटल मुद्राका रूपमा बिटक्वाइनको सुरुवात भएको हो । यसको सुरुवातकर्ता को हुन् भन्ने अहिलेसम्म रहस्यमय नै छ । तर, यसको विस्तार तीव्र हुँदै आएको छ। यसको सस्न्थापक जापानका सातोसिही नाकामोतो हुन् भन्ने छ तर यसबारे आधिकारीक उत्तर कोहिसंग छैन।

बिटकोइन एक डिजिटल मुद्रा हो अर्थात यसलाई भर्चुअल मुद्रा पनि भन्न सकिन्छ। जुन न देख्न सकिन्छ न छुन। बिटकोइनलाई डिजिटल वालेटमा राखिन्छ। यो एक खुला सोर्स हो जसलाई हर कोइले प्रयोग गर्न सक्छन। 

भर्चुअल मुद्राको अर्थ यो हो कि यो पैसा त हो र यसलाई हरेक ठाउँमा प्रयोग गर्न त सकिन्छ तर यसलाई न छुन सकिन्छ, न त देख्न नै। या तपाईले यसलाई यसरी बुझ्नहोस यो एक 'अंक' हो। प्राप्त यो अंकलाई पछी आफ्नो देशको मुद्राको हिसाबले रुपान्तरण गर्न सकिन्छ।

अब तपाइँलाई लाग्न सक्छ कि, जब हामिले यसलाई न छुन सक्छौं न देख्न। त्यहि पनि यसको प्रयोग कसरी गर्लान भन्ने। तर बिटकोइन त्यस्तो के हि होइन। यसलाई केवल भर्चुअल मुद्राको नाम दिइएको छ, बिटकोइनले मान्यता पाएका देशहरुमा यसलाई आफ्नो बैंक खातामा ट्रान्सफर गरी त्यसलाई आफ्नै देशको मुद्रामा नगद गर्न सकिन्छ। तर नेपालमा भने बिटकोइनलाई गैर कानुनि मानिएको छ। अर्थात तपाइँसंग बिटकोइन छ भने त्यसलाई नेपालको आफ्नो बैंक खातामा ट्रान्सफर गरी कुनै पनि हालतमा तपाइँले नगद गर्न सक्नुहुन्न।

तस्बिरहरूमा देखिने बिटक्वाइनको सिक्का भौतिक मुद्राको सिक्काजस्तो कदापि होइन। त्यस सिक्काभित्र एउटा निजी कोड हुन्छ, त्यो कोडकै आधारमा बिटक्वाइनको प्रयोग हुने। यसलाई बुझ्नका लागि तपाइँले आफ्नो जिमेल आइडी जस्तो सम्झिन सक्नुहुन्छ।  

यदी तपाइँसंग बिटकोइन प्रयोग गर्न चाहिने कोड भएन भने बिटक्वाइनको कुनै अर्थ हुँदैन। र तपाईले त्यसको प्रयोग गर्न नपाउँदा ठुलो राशि गुमाउनु पर्नेसमेत हुन्छ। बिटक्वाइनलाई प्रत्यक्ष रुपमा विभिन्न वस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न सकिन्छ तर नेपाल जस्ता बिटकोइनलाई कानुनि मान्यता नदिएको देशमा प्रत्यक्ष रुपमा वस्तु तथा सेवा खरिद गर्न प्रयोग गर्न पाइन्दैन तर अनलाइन मार्फत हुने खरिद बिक्री र भुक्तानीका लागि  भने यसको प्रयोग हुँदै आएको छ। 

डिजिटल मुद्रा वास्तवमा एउटा कम्पुटर फाईल हो। जुन कम्प्युटर वा मोबाइलको एप्लिकेसनमा रहने ‘डिजिटल वालेट’मा भण्डारण हुन्छ। प्रयोगकर्ताले त्यो वालेटमा रहेको क्रिप्टोकरेन्सी कुनै वस्तु वा सेवा खरिद पश्चात भुक्तानी गर्न सक्छन। यसलाई अँनलाइन पेमेन्ट गेटवेमा आइपे वा इसेवा झैँ एकजनाको वालेटबाट अर्को मानिसको वालेटमा पनि यो पठाउन मिल्छ। यसरी गरेको हरेक कारोबार एउटा सार्वजनिक लिस्टमा रेकर्ड हुन्छ । 

कसरी बन्छ क्रिप्टोकरेन्सी

एउटा जटिल कम्प्युटर प्रोग्रामका माध्यमबाट क्रिप्टोकरेन्सी बनाइन्छ। जसलाई माइनिङ पनि भनिन्छ । कम्प्युटर प्रोग्रामरहरुले त्यसका लागि कम्प्युटर प्रोसेसलाई सबै मानिसको पहुँच स्थापित हुन सक्ने बनाउनुपर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्न अत्यन्तै कठिन सूत्रबाट काम गर्ने कम्प्युटर सिस्टम आवश्यक पर्छ । क्रिप्टोकरेन्सी माइनिङ गर्ने कम्प्युटर अत्यन्तै शक्तिशाली हुन्छ । ती सूत्रहरूको प्रक्रिया मार्फत सीमित मानिसहरूले सीमित संख्याको क्रिप्टोकरेन्सी प्राप्त गर्न सक्छन् । धेरै क्रिप्टोकरेन्सी उत्पादन नहोस् भनेर यस्ता सूत्रहरू झन्झन् जटिल हुँदै जान्छन् । 

त्यसै गरी बिटकोइनलाई माइनिङ बाहेक अन्य माध्यम मार्फत समेत प्राप्त गर्न सकिन्छ। विशेषगरी तीन तरिकाले क्रिप्टोकरेन्सी प्राप्त गर्न सकिन्छ । पहिलो अन्य भौतिक मुद्राहरू खर्च गरेर खरिद गर्न सकिन्छ । वा कुनै वस्तु वा सेवा बेच्दा कसैले बिटक्वाइनमा भुक्तानी गर्यो र त्यसलाई स्वीकार गरियो भने क्रिप्टोकरेन्सी प्राप्त हुन्छ । 

अन्य डिजिटल मुद्रा 

अहिले झन्डै १ हजारभन्दा बढी डिजिटल मुद्रा जारी भएका छन्। संसारमा यस्ता क्रिप्टोकरेन्सीहरू सयौँ बनिसकेका छन्, तीमध्ये इथेरम, रिपल, लिटक्वाइन, मोनेरोलगायत बढी विश्वासिला र बढी कारोबार हुनेमा पर्छन् । जसमध्ये बढी हिस्सा र प्रयोग बिटक्वाइनको नै रहेको छ ।

बिटक्वाइनको बजार पुँजीकरण जुन २०१७ मा ४२.१ बिलियन अमेरिकी डलरबराबर पुगेको छ। यसपछि इथेरम भन्ने डिजिटल मुद्राको बजार पुँजीकरण २९.२ बिलियन अमेरिकी डलर छ ।

तेस्रो स्थानमा रिपल नामक डिजिटल मुद्रा छ, जसको बजार पुँजीकरण १०.२ बिलियन अमेरिकी डलर छ । सुरुका वर्षहरूमा बिटक्वाइनको मूल्य केही सेन्ट अमेरिकी डलर रहेकोमा तत्पश्चात् विभिन्न उतारचढाव भई २०१७ सेप्टेम्बर १७ मा यसको मूल्य ३ लाख ७३ हजार ८९० नेपाली रुपैयाँ अर्थात ३ हजार ६४४ अमेरिकी डलर पुगेको छ। 

 

   





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved