४८.८ मेगावाटको खिम्ती दुईमा १० बैंकको सात अर्ब लगानी, ४ बर्षमा निर्माण सम्पन्न हुने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 24, 2017 | 07:36:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकको अगुवाईमा पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातल गाविसमा पर्ने ४८.८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ । 

परियोजनामा लगानी गर्न प्रवर्द्धक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको हो। होटल हिमालयमा असोज ८ गते एक कार्यक्रमबीच सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण प्रसाद आचार्यबीच यस परियोजनाका कर्जा लगानी गर्ने सम्बन्धी सम्झौतापत्र हस्तान्तरण भएको हो। 

२०६९ कात्तिक १५ गते सर्वेक्षण अनुमति पत्र प्राप्त गरि २०७२ असोज १४ गते बिद्युत खरिद बिक्रि सम्झौता , पीपीए भएको यस खिम्ती-२ जलबिद्युत आयोजनाले २०७३ फागुन ५ गते बिद्युत उत्पादन अनुमति पत्र प्राप्त गरेको हो। 

असोज ८ गते अर्थात आजै मात्र आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको हो। यस आयोजनामा सानिमा बैंकको अगुवामा सिद्दार्थ, नबिल , जनता , एनआईसी एसिया , एनएमबी , बैंक अफ काठमाण्डौ , सिभिल , ग्लोबल  र एनसिसि बैंकको ७५ प्रतिशत लगानी छ। बाँकी २५ प्रतिशत लगानी पिपल्स  इनर्जी लिमिटेडको छ।

८ अर्ब ६५ करोड अनुमानित लागतको यो परियोजना सम्पन्न हुन चार वर्ष लाग्ने र परियोजनाले वार्षिक २६ करोड युनिट (सुख्खा याममा ४।५ करोड युनिट, बर्षायाममा २१.५ करोड युनिट) बिजुली उत्पादन गर्नेछ। ८ अर्ब ६५ करोड अनुमानित लागत मध्ये बैंक कर्जा ६ अर्ब ४८ करोड ४० लाख रुपैयाँ छ। 

पिपुल्स इनर्जीका अध्यक्ष आचार्यले सहकारीको माध्यमबाट सुरु भएको यस आयोजनाले वित्तीय व्यवस्थापनको दिनसम्म आइपुग्दा निकै चुनौती भोग्नुपरेको बताए। 'निजि क्षेत्रको लगानी भएको आयोजना मध्ये कै एक ठुलो आयोजना मानिएको यस खिम्ती -२ परियोजना तोकिएकै समयमा निर्माण हुने बिश्वास छ' उनले भने। २०७८ साल असार मसान्तसम्म आयोजना निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट बिद्युत उत्पादन सुरु हुने लक्ष्य लिइएको छ। 

सानिमा बैंकका सीईओं दाहालले पिपुल्स इनर्जीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले अहिलेसम्म धेरै योजना र परियोजना सफलता पुर्वक सम्पन्न गरिसकेकोले पनि लगानीको वातावरणमा बिश्वास बढेको बताएका छन। 'यस परियोजना समयमै सम्पन्न भएर एक उदाहरणीय काम हुने बिश्वास लिएको छु' सीईओ दाहालले भने। 

आयोजनाको बार्षिक कुल अनुमानित आम्दानि पहिलो बर्ष १ अर्ब ४० करोड र बार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै जाँदा नवौं बर्षमा १ अर्ब ७४ करोड हुने प्रक्षेपण गरिएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved