पृथक र विशेष पर्यटकीय गन्तब्यका लागि चन्द्रागिरि सम्मानित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 07:37:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको दिगो पर्यटनमा उल्लेख्यनीय योगदान पुर्याए बापत चन्द्रागिरि हिल्स लिमिटेड सम्मानित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ३८ औ पर्यटन दिवसको अवसरमा चन्द्रागिरि हिल्स लिमिटेडलाई सम्मान प्रदान गरेको हो     

सम्मान ग्रहण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक महत्व बोकेको तथा पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको चन्द्रागिरि नेपालको पर्यटन प्रवद्र्धनमा एकीकृत पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको बताए। 

ढकालले राज्यले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधारहरुको निर्माणमा थप लगानी गर्नुपर्ने र नेपालको पर्यटन उधोगमा भएको नीजि लगानी र योगदानको सरकारले उचित कदर गर्नुपर्ने धारणा राखे।

नेपालमा आउने विदेशी पर्यटकको नेपाल बसाइलाई कम्तिमा एक दिनले लम्ब्याउने उद्देश्यमा चन्द्रागिरि हिल्स अगाडि बढेको ढकालले कार्यक्रममा जानकारी गराए। 

ढकालले यस्तै खालका पर्यटकीय पूर्वाधार सहितका एकीकृत पर्यटकीय गन्तव्य प्रादेशिक रुपमा निर्माण गर्न सकिएमा त्यसले नेपालको समग्र पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने बिचार व्यक्त गरे। 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved