पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि ४४ लाख

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2017 | 08:15:56 PM मा प्रकाशित

laxmi  sunrise bank

तेह्रथुमको छथर गाउँपालिकाले पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार विकासका लागि रु ४४ लाख विनियोजन गरेको छ ।गाउँपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक, जातीय, भौगोलिक, धार्मिक तथा साँस्कृतिक महत्वका स्थानको पहिचान गरी तीनको प्रचारप्रसार र पूर्वाधार विकास गर्ने कार्यक्रम रहेको अध्यक्ष सन्तवीर तिगेलाले बताए।

सो कार्यका लागि चालु आवमा रु ४४ लाख बजेट छुट्याएको उनले बताए । यसबाट प्रचुर पर्यटकीय सम्भावना भएका तथा संरक्षणको अभावमा गुमनाम रहेका क्षेत्रको खोजी गरी पर्यटन विकास गरिने भएको छ ।

रकम विनियोजनले पर्यटन विकासमा टेवा पुग्ने देखिएको छ । तत्कालीन छ गाविसले पर्यटन विकासका लागि खासै चासो देखाएका थिएनन् । तर जनप्रतिनिधिले गाउँपालिकाको राम्रो आम्दानीको स्रोतका रुपमा पर्यटन क्षेत्रलाई विकास गर्न सकिने बताएका छन् । पर्यटकीय पूर्वाधार र सुविधाको विकास गरी यस क्षेत्रमा भित्रिएका पर्यटकलाई कम्तीमा तीन दिनसम्म यहीँ रहने र अवलोकनका लागि घुम्न पाउने वातावरण तयार गरिने प्रवक्ता राजन नेपालीले बताए।

सोका लागि सौरेनीमा पिकनिक पार्क, चाङसिङ गढीमा भ्यु टावर, शुक्रबारे प्रहरी चौकी परिसरमा भ्यु पार्क, शुक्रबारे आहालडाँडा भ्रमण पार्क, मार्घापोखरी संरक्षण, साततले मन्दिरधाम प्रवद्र्धन, थाक्चोलुङ, ताक्लुङ गढी, हनुमाने ढुङ्गा, नागा ओडारको संरक्षण लगायतका कार्य शुरु गरिने गाउँपालिकाले जनाएको छ ।

पर्यटन विकाससँगै छथर क्षेत्रका स्थानीयको आर्थिक आयआर्जनमा थप टेवा पुग्ने भएको छ । धनकुटा सदरमुकामदेखि दुई घण्टाको सवारी यात्रामै पुग्न सकिने यो क्षेत्र पर्यटकको राम्रो गन्तव्य बन्नसक्ने सम्भावना रहेको छ । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved