नेपाली युवालाई प्राविधिक तालिम दिन विश्व बैंकको ६ अर्ब ऋण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2017 | 06:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपाली युवाहरुलाई प्राविधिक तालिम दिने उद्देश्यले संचालित दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना(इभेन्ट)को लागि ६ अर्ब रुपैयाँ ऋण दिने भएको छ।

बजार सुहाउँदो श्रमशक्ती तयार पारी समतामुलक रोजगारीका अवसर सिर्जना तथा पहुँच विस्तार गर्नेगरी इभेन्ट–२ परियोजनाको लागि ६० मिलियन अमेरिकी डलर ऋण बैंकले असोज १२ गते स्वीकृत गरेको हो।

नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरेका तथा तीमध्ये अधिक सीप र शिक्षाविहीन हुने गरेकाले उक्त तालीम श्रम बजार र युवाबीच मध्यस्थ बन्न सक्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।

दोस्रो चरणको इभेन्ट परियोजना श्रम बजारमा प्रवेस गर्ने युवाहरुको लागि पूर्व रोजगारीको लागि आवस्यक सिप विकासमा सारथी बन्ने बैंकको विश्वास छ।

बेरोजगारी र अनौपचारिक रोजगारीको अन्त्य तथा सीपयुक्त शिक्षाको प्रवद्र्धनमा उक्त ऋण सहायता नेपालका निम्ति फलदायी हुने बैंकले विज्ञप्तीमार्फत जानकारी दिएको छ।

दोस्रो चरणको इभेन्टले नेपालका विभिन्न क्षेत्रका लागि आवस्यक जनक्तीलाई प्रविधिक सिप प्रदान गर्ने उद्देश्य लिएको छ। संस्थागत र व्यक्तीगत तहमा परियोजनाले तालिम प्रदान गर्ने उद्देश्य लिएको छ।प्राविधिक सिप तथा तालिमको गुणस्तर बृद्धि गर्ने, पछाडि परेको वर्ग र समुदायलाई सहयोग गर्नेजस्ता परियोजनाका उद्देश्य रहेका छन्। रासस 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved