दशैं बिदा पछिको पहिलो कारोबारमा नै सुनचाँदीको मूल्यमा भारि गिरावट

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2017 | 09:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको ६ दिने बिदा पश्चात खुलेको कारोबारमा सुनचाँदीको मुल्यमा भारि गिरावट आएको छ। दशैं बिदा सुरु हुनु भन्दा अघिल्लो दिन असोज १० गते मंगलबारको कारोबारमा प्रति तोला ५७ हजारमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा १ हजारले घटेर प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छ। 

त्यस्तै तेजावी सुन पनि प्रति तोला १००० ले घटेर ५६ हजार ७०० मा कारोबार भईरहेको छ। चांदी तोलामा २० रुपैयाँले घटेर प्रति तोला ७५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम फाइन गोल्ड गुणस्तरको मूल्य ४८ हजार १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ। त्यस्तै प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved