सगुनमा आगामी नोभेम्वर ३० सम्म मात्र लगानी गर्न सकिने, १० लाख डलर खर्चेर बनेको एप आउदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 08:33:36 AM मा प्रकाशित

laxmi  sunrise bank

 सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com) ले  दोस्रो चरणको लगानी अवसर आगामी नोभेम्वर ३० सम्म मात्र रहने जनाएको छ । कम्पनीले एक बिज्ञप्ति जारि गर्दै हालको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ मा स्थगित गर्ने घोषणा गरेको हो। साथै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि सार्वजनिक गर्ने घोषणा गरेको छ। एप निर्माणको लागि कम्पनीले १० लाख डलर खर्चेको पनि कम्पनीले जनाएको छ 

कम्पनीले अहिले प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने 'C' श्रेणीको साधारण शेयरका लागि  लगानी खुला गरेको हो जसमा लगानीकर्ता न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने हुन्छ।सगुन्मा क्रेडिट/डेविट कार्ड, एसीएच्, बैंक तथा चेकमार्फत् लगानी गर्न सकिन्छ। 

सगुनमा हालसम्म २ हजार लगानीकर्ताले लगानी गरेको र ति मध्ये अधिकांश  अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेको बताईएको छ । सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटि), दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

सगुन सुरुवाती चरणमा रहेको सोसल कमर्स प्लेटफर्म हो जसको उद्देश्य सामाजिक सञ्जाल चलाउने प्रयोगकर्ताहरुलाई पैसा कमाउने अवसर प्रदान गर्ने हो। ‘ सगुन ’ भन्ने शब्दको मूल संस्कृतको ‘ सकुना ’ शब्द हो जसको अर्थ शुभ अवसर तथा राम्रो भाग्य भन्ने हो। सगुन सन् २००९ मा सर्च इन्जिनको रुपमा सुरु गरिएको सेवा हो र सन् २०१४ मा सोसल कमर्स प्लेटफर्मको रुपमा पुनर्विकसित गरिएको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved