चीनको 'वन बेल्ट वन रोड' लाई काउन्टर: विश्वका ४ शक्तिराष्ट्रबीच 'तालमेल'

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 09:09:52 AM मा प्रकाशित

laxmi  sunrise bank

चीनले अघि सारेको वन बेल्ट वन रोड (ओबीओआर) योजनालाई 'काउन्टर' दिने गरि जापानले प्रस्ताब अगाडी बढाएको खुलासा भएको छ। जापानले आफ्नो महत्त्वाकांक्षी योजना सफल बनाउन विश्वका शक्तिशालि राष्ट्र अमेरिका, अष्ट्रेलिया, भारत, बेलायत लगायतका देशहरुसंगको छलफल तिब्र बनाएको खुल्न आएको छ।

जापानले एशियाई राष्ट्र, अमेरिका र अष्ट्रेलियासंग यस सम्बन्धमा रणनीतिक छलफललाई तिब्र बनाएको छ। एसियाबाट अफ्रिकासम्म, अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरि जापानले बन्दरगाह र तिब्र गतिको उच्चस्तरको सडक संजाल निर्माणको छलफलमा जापान जुटेको छ। आफु निकट राष्ट्रहरुसंग मिलेर अघि बढ्दा चीनको योजनामा इन्काउन्टर गर्न सकिने जापानको बिश्वास छ।       

जापानका प्रधानमन्त्री शिन्जो एबले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपसंगको आगामी नोभेम्बर ६ का दिन गर्ने भेटघाटमा यस बिषयमा छलफल गर्न सक्ने जापानका परराष्ट्र मन्त्री तारो कोनोलाई उद्दृत गर्दै निक्की बिजनेश डेलीले समाचार लेखेको छ। निक्कीका अनुसार प्रधानमन्त्री एबले चार देशबीच यस बिषयमा छलफल गर्ने प्रस्ताब ट्रंप सामु लैजानेछन।

सम्बन्ध राम्रा भएका राष्ट्रहरुसंग क्रस ब्रोडर आधारभुत संरचना निर्माण गर्ने जापानको यस योजनाले भारतलाई बढी फाइदा पुग्ने देखिएको छ। भारतले आफ्नो दाबि गर्दै आएको पाकिस्तान नियन्त्रित कश्मिर क्षेत्रको सुरक्षालाई समेत चुनौती दिने गरि चीनले अघि सारेको ओबीओआर योजनालाई जवाफ दिन समेत जापानको प्रस्ताब भारतका लागि सुखद बन्ने अन्तर्राष्ट्रिय संचार माध्यमको भनाई छ।

अमेरिकाका विदेश मन्त्री रेक्स टेल्लेरसनले चीनको 'मुभ' लाई प्रतिक्रिया दिन अमेरिका र भारतको सहकार्यमा साउथ एसिया देखि एसिया प्यासिफिकसम्म फैलिनेगरि सडक संजाल र बन्दरगाह बनाउन पर्ने सुझाब आए लगत्तै जापानका परराष्ट्र मन्त्रीको भनाई बाहिर आएको हो।

केहि दिन अघि मात्र भारत भ्रमणमा आएका रेक्सले बंगलादेश देखि अफगानीस्तान सम्म र साथसाथै पाकिस्तानलाई समेत बिश्वास लिएर बृहत  सडक संजाल निर्माणको प्रस्ताब गरेका थिए। 

अमेरिकाले भारत, जापान र अष्ट्रेलियालाई चार देशको साथसाथै इन्डो प्यासिफिक क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्नका लागि पनि यो योजना अगाडी बढाउने प्रस्ताब गरेको हो, यो प्रस्ताब अगाडी बढाउनेमा अमेरिका पहिलो हो, रेक्सले नयाँ दिल्लीमा संचारकर्मीसंगको कुराकानीमा बताएका हुन। 

जापानका बिदेश मन्त्री कोनोले आफुले यो विचारबारे चारदेशसंग घनिभूत रुपमा छलफल अगाडी बढाएको र हालै मात्र अस्ट्रेलियाका विदेश मन्त्री जुली बिसोपसंग यसबारे छलफल गरेका छन। उनले बेलायत र फ्रान्सलाई समेत आफ्नो योजनामा सामेल हुन प्रस्ताब गरेका छन्। 

चार देशका प्रमुखसंग स्वतन्त्र व्यापार र सुरक्षाका लागि पनि दक्षिण, एसिया , मिडल इस्ट र अफ्रिकासम्म फैलिने गरि चीनले अघि सारेको मोडल जस्तै नयाँ परियोजना बढाउन अति आवश्यक रहेको कोनोको भनाई छ।

चीनले अगाडी बढाएको ओबीओआर योजना र सिल्क रोडको पहल उसका लागि चिनिया सवारी बिश्वभर फैलाउने गुरु योजना हो। आफ्ना उत्पादन बिश्वभर फैलाउने र बिश्वमा आफ्नो प्रभुत्व कायम गर्न समेत चीनले यो परियोजना तिब्र रुपमा अगाडी बढाएको हो। चीनले बिश्वका ६० भन्दा बढी देशमा आफ्नै लगानीमा यो परियोजनाका लागि संरचना निर्माण गरिरहेको छ। 

चीनको यस परियोजनाले आफ्नो अस्तित्व छायाँमा पर्ने डरले पनि अमेरिका र उसका एलाइन्सहरुले ओबीओआरको बिकल्पबारे विभिन्न योजना बनाउदै अगाडी बढेका छन। जापानबाट आएको यस प्रकारका प्रस्ताबलाई समेत अमेरिकाको नयाँ रणनीतिको रुपमा व्याख्या गरिएको छ। 

फोटो: हिन्दुस्तान टाइम्स



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved