चेम्वरद्धारा धेरै सार्वजनिक विदाको विरोध

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 27, 2017 | 08:07:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले विदाको समयमा पनि आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने माग राखेको छ । चेम्वरले शुक्रबार प्रेस विज्ञप्ति प्रकाशित गरी जात्रापर्वका नाममा धेरै विदाहरु दिंदा आर्थिक क्षेत्र नै प्रभावित हुन थालेको जनाएको छ । 

चेम्वरले संस्कृति, जात्रा र पर्वहरुमा सार्वजनिक विदा दिने वर्तमान सरकारी व्यवस्थाले नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्न थालेको जनाएको छ्। 

व्यापार घाटाले मुलुक आक्रान्त वनेको बेला सरकारी कामका सेवाग्राही मात्रै पीडित नभई मुलुकको अर्थतन्त्र नै डामाडोलको अवस्था पुगेको विज्ञप्तिमा उल्लेख छ। 

यसबारे चेम्वरले बारम्बार ध्यानाकर्षण गराउँंदै गएको भएपनि सरकारले वास्ता नगरेको भन्दै विदाहरु दिंदा आर्थिक एवं वितीय संस्थाहरुमा सुचारु रुपले कार्य सञ्चालन हुनुपर्ने बारे माग राखेको हो। सरकारले शुक्रबार एक्कासी छठको सार्वजनीक बिदा दिंदा कयौं कामहरु ठप्प भएका थिए भने यस अघि तय भएका कयौं कार्यक्रमहरु रद्द गरिए। यसरी आकष्मिक बिदा दिंदा त्यसले राज्यलाई अरबौंको घाटा लाग्ने व्यवसायी तथा अर्थविदहरुको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved