नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा विष्णुभाई श्रेष्ठ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 30, 2017 | 08:40:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठलाई पदस्थापन गरिएको छ । महासंघ सचिवालय अनामनगरमा सोमबार बसेको महासंघ कार्य समितिको बैठकले श्रेष्ठलाई अध्यक्षमा पदस्थापन गरेको हो ।

गत असोज २३ मा अध्यक्ष शरदकुमार गौचनको हत्या भएपछि श्रेष्ठले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए। बैठकले वरिष्ठ उपाध्यक्षमा लक्ष्मणुकमार रानालाई पदस्थापन गरेको छ । राना यसअघि महासंघको उपाध्यक्ष थिए।

महासंघको २० औं साधारण सभा आगामी फागुन मसान्तसम्म गर्ने निर्णय गरेको छ ।यसैबीच गौचनको हत्यारा पत्ता लगाउन सरकार उदासीन रहेको भन्दै महासंघले पुनः दबाबमूलक कार्यक्रम संचालन गर्ने भएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved