नेपालमा पहिलोपटक पम्प स्टोरेजको लाइसेन्स

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 10, 2017 | 04:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

‘पम्प स्टोरेज’ जलाशय जलविद्युत् आयोजनाले नेपालमा पहिलोपटक अध्ययन अनुपतिपत्र (लाइसेन्स) पाएको छ। पोखरास्थित बेगनास र रूपातालमा निर्माण हुने १५० मेगावाटको ‘बेगनास–रूपा पम्प जलाशय’ को अनुमतिपत्र उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई दिएको हो।    

प्राधिकरणले अनुमतिका लागि असोज २७ गते विद्युत् विकास विभागमा आवेदन दिएको थियो । एक साताअघि प्राधिकरणले सबै विवरण बुझाएपछि ऊर्जा मन्त्रालयलाई अनुमतिपत्रका लागि सिफारिस गरेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । 

बेगनासको पानी रुपामा खसालेर विद्युत् उत्पादन गर्न सक्ने गरी अघि बढाउन लागेको आयोजनाको लागत १३ करोड ५ लाख २२ हजार ७ सय १९ अमेरिकी डलर अनुमान गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved