गर्भर नेपालद्वारा आईएमएफले गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 12, 2017 | 03:07:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को एसिया तथा प्रशान्त क्षेत्रीय कार्यालय स्थापना भएको अवसरमा आयोजित सम्मेलनमा सहभागीभएका छन्  । मुद्रा कोष र जापानको अर्थमन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रका लागि समावेशी तथा दिगो आर्थिक वृद्धि’ विषयक अन्तर्राष्ट्रिय सम्मेलमा गभर्नर डा नेपालले नेपालको प्रतिनिधित्व गरेका हुन्
 
सम्मेलनको पहिलो सत्रमा आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लगार्ड र जापानका अन्तर्राष्ट्रिय मामिलासम्बन्धी जापानका उपअर्थमन्त्री मसासुगु ओसाकावाले सम्बोधन गरेका थिए । 

दोस्रो सत्रमा गभर्नर डा नेपालले नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, नेपाली अर्थतन्त्रको अवसर तथा चुनौती, समावेशी र दिगो आर्थिक विकास तथा पूर्वाधार विकासका लागि नेपालले अपनाएका उपायका बारेमा उल्लेख गरे   । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष र जापानले नेपालको विकासमा पु¥याएको र पु¥याउनसक्ने योगदानको प्रशंसा गरे  । 

सोही अवसरमा गभर्नर डा नेपाल र आइएमएफका प्रबन्ध निर्देशक लगार्डबीच भेटवार्ता भयो । सो अवसरमा नेपाल र मुद्रा कोषको सम्बन्धबारे वार्ता भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved