कर नतिर्ने ठूला २७ व्यवसायिक फर्म,चीनको गेजुवा ग्रुपदेखि सुधिर बस्नेतसम्म (नामावलीसहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 15, 2017 | 10:40:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर र आयकर नतिरेको भन्दै ठुला २७ व्यवसायीक फर्मलाई सार्वजनिक रुपमा नै सूचना जारि गरेर कर तिर्न आब्हान गरेको छ। 

लामो समयदेखि आयकर तिर्न ताकेता गर्दा समेत बक्यौता तिर्न नआएपछी बिभागले आज एक सूचना प्रकाशित गरी कर तिर्न भनेको हो। उनीहरुलाई १५ दिनभित्र कर दाखिला गर्न सूचना जारि गरिएको छ।    

बिभागले जारि गरेको सार्वजनिक सूचना फर्ममा जग्गा कारोबारमा डुबेका सुधिर बस्नेतको अग्नि एयर, नेपालको जलविद्युत् क्षेत्रका काम नगरेको भनेर बदनामी कमाएको चिनको गेजुवा ग्रुप, इथोपियन एयरलाइन्समार्फत भारतबाट हवार्इ इन्धन ल्याएर नेपाल आयल निगमलार्इ वितरण गरेको ट्रोलीमेक्स नेपाल प्रालिका प्रदिपशम्सेर जवरा समेत छन। 

त्यस्तै आयकर नतिर्नेको सुचिमा श्री पशुपति ट्रेडर्सका ज्ञानेश्वर सिंह, डेविडेयाग ड्रेगर्डस सिडब्ल्यूई ज्वाइट भेन्चरका लोथर अल्र्फड रयूक समेत छन। यो कम्पनी नेपालको पीश्चम सेती जलविद्युत् आयोजना निर्माणका लागि भन्दै आएको चिनियाँ कम्पनी हो ।

एयरलाइन्स चलाएर डुबेका निकोन एयरका दीपमणि राजभण्डारीले समेत आयकर तिरेका तिरेका छैनन। त्रिशुली काठमाडौँ प्रसारण लाइन निर्माणको ठेक्का लिएको कम्पनी मुडभरी एण्ड जोशी ज्वाइन्ट भेन्चरले समेत कर नतिरेको ठुला कर दाताले जनाएको छ।

इको हाउजिङ एण्ड रियालिटी प्रालिका ज्ञानसुन्दर ब्रजाचार्य, पृथ्वी जयसाईराम जेभीका केशबबहादुर दाहाल, विनायक इन्टरप्राइजेजका रामप्रसाद कोइराला मर्कण्टायल अफिस सिस्टमका संञ्जिवराज राजभण्डारी, पवनपुत्र इन्डस्ट्रिजका पवनकुमार लोहिया, नोयल जिएमविएचका डेबेस मण्डल, कर्पोरेटिभा मुराटोरी एण्ड सिमनिस्ट रेभेना इटालीले कर तिरेका छैनन। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved