बलियो अर्थतन्त्रका लागि कम्युनिष्ट सरकार आवश्यक : ओली

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 06:28:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट सरकार आएपछि नेपालको अर्थतन्त्र बलियो हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले सोमवार आयोजना गरेको, ‘अबको संकल्प आर्थिक समृद्धि : राष्ट्रिय आर्थिक बहस’ विषयक अन्तक्र्रियामा अध्यक्ष ओलीले कम्युनिष्ट सरकार आएपछि अर्थतन्त्र तहसनहस नभई झन् बलियो हुने बताए ।

अाेलीले कम्युनिष्ट सरकारमा बन्द, हडताल भन्ने कुरा नहुने र रोजगारका लागि विदेश गएका ४० लाख युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउने दाबी गरे । वाम गठबन्धनको चुनावी घोषणापत्र आर्थिक समृद्धिका दृष्टिकोणले महत्वकांक्षी भएजस्तो देखिए पनि पूरा गर्न सकिने योजना भएको अध्यक्ष ओलीको भनाइ थियो ।

पश्चिमा देशले गरेको विकासभन्दा नेपालले तीव्ररुपमा विकास गर्न सक्ने बताउँदै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्य (सन २०१७ देखि २०३० सम्म) मा हस्ताक्षर गर्ने १९३ देशमध्ये नेपाल पनि रहेको भन्दै ओलीले द्रूत विकास तर दिगो विकास शैलीमा नेपालको विकास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

नेपाली काँग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले नेपालको अर्थतन्त्रको विकासका लागि कुरा मात्र नभई स्पष्ट योजना हुनुपर्नेमा जोड दिए । महतले दिगो विकासको लक्ष्य पूरा गर्नका लागि निकै मेहनत गरेर सोहीअनुरुप योजना बनाउनुपर्ने आवश्यकता औँल्याए ।

महासंघका अध्यक्ष भवानी राणाले स्थिर सरकार आएपछि मुलुकको अर्थतन्त्र बलियो हुनेमा आशावादी रहेको र निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । रासस 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved