कतार एयरवेजको पहलमा पर्यटन प्रवर्द्धनका चुनौतिबारे छलफल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 20, 2017 | 08:05:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कतार एयरवेजले नेपालको पर्यटन क्षेत्रमा रहेका अवसर तथा चुनौती सम्वन्धमा सम्बद्ध पक्षहरुसँग छलफल गरेको छ। कार्यक्रमको आयोजना कतार एयरवेजले नेपाल टुरिजम बोर्ड, पर्यटन तथा नागरिक उड्डयन विभागको संयुक्त सहकार्यमा गरेको हो।  

काठमाडौंमा आयोजित उक्त कायक्रमको पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देवले उद्घाटन गरे। कार्यक्रमका लागि आधिकारिक होटलका रुपमा सोल्टी क्राउन प्लाजा रहेको थियो। 

कार्यक्रममा पर्यटनको प्रवद्र्धनका लागि रहेका चुनौति, तिनको सामना तथा अवको कार्यदिशाबारे छलफल भएको जनाईको छ। कार्यक्रममा संस्कृती, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने, डोल्मा ईम्प्याक्ट फन्ड तथा प्रेसिडेण्ट डोल्मा फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत प्रा.टिम गोचर, एनएटीटीएका अध्यक्ष मधु सुदन आचार्य, सोल्टी क्राउन प्लाजाका महा प्रबन्धक उपल मजुम्दारको उपस्थिति थियो।

एफएनसीसीआईका अध्यक्ष ज्यात्सना श्रेष्ठ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी, मल्टिमिडिया देशसञ्चारका वरिष्ठ पत्रकार तथा सम्पादक यूवराज घिमिरे, मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स एशोसिएसन अफ नेपालका अध्यक्ष अनिल के. शाह लगायत वक्ताले आफ्ना धारणा राखेका थिए। कार्यक्रमको मोडरेटरका रुपमा कतार एयरवेजका कन्ट्रि म्यानेजर जयप्रकाश नैयर थिए।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved