कस्तो हुनेछ काठमाडौं उपत्यकामा बन्न लागेका सुविधा सम्पन्न ३ शहर ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 21, 2017 | 08:24:03 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं उपत्यकाको १ लाख ३० हजार रोपनी जग्गामा ३ नयाँ सहर बन्ने भएको छ । काठमाडौं जिल्लाको १ लाख १० हजार रोपनी, भक्तपुर र ललितपुर जिल्लाको १०÷१० हजार रोपनी जग्गामा नयाँ सहर बनाउन लागिएको हो ।

काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित बस्तिलाई व्यवस्थित बनाउनका लागि नयाँ सहर बनाउनका लागिएको उपत्यका विकास प्राधिकारणका प्रवक्ता केशव न्यौपानेले जानकारी दिए ।

‘बिना योजनाका काठमाडौं उपत्यकामा भवन बनाउँदा सहर कंक्रिटको जंगल भईरहेको छ, सहरलाई व्यवस्थित र सुविधासम्पन बनाउनका नयाँ सहर निर्माण गर्न लागिएको हो,’ प्रवक्ता न्यौपानेले भने ।

उपत्यकामा बिना योजना थूप्रै नयाँ बस्तिहरु तिब्र गतिमा बढि रहेका छन् । पुर्वाधार निर्माण नभई बस्ती निर्माण क्रम बढेकाले उपत्यका बासीले निकै सास्ती खेप्नु परेको छ । उपत्यकामा पुर्वाधार सहित बस्ती बसानका लागि प्राधिकारले नयाँ सहरको अवधारण ल्याइएको उनी बताउँछन् ।

काठमाडौं उपत्यकामा बन्ने ३ नयाँ सहर ल्याण्ड पुलिङ गरेर निर्माण गर्न लागिएको प्राधिकरणका सहरी योजना विज्ञ भागवतभक्त खोखाली जानकारी दिन्छन् ।

‘नयाँ सहर ल्याण्ड पुलिङ गरेर निर्माण गरिन्छ, सहरका लागि आवश्यक भौतिक संरचना निर्माण गरेर पुन जग्गा स्थानियलाई हस्तान्तरण गरिन्छ,’ विज्ञ खोखालीले भने ।

कस्तो हुन्छ नयाँ सहर ?

व्यवस्थित सहरका लागि आवश्यक भौतिक संरचना सहितको नयाँ सहर हुनेछ । ल्याण्ड पुलिङ गरेर सहर बनाइने भएकाले सहरका जग्गाहरु चार कुना मिलेका हुन्छन् । 

एउटा व्यवस्थित सहरका लागि आवश्यक पर्ने आधारभूत संरचनाहरु सडक, खुल्ला स्थान, पार्क, ढलको उचित व्यवस्थापन, हरियाली, यातायातको सुविधालगायत हुने विज्ञ खोखाली बताउँछन् ।

नयाँ सहरमा कुनै प्राकृति विपतको अवस्था सिर्जना भएमा एम्बुलेन्स, दमकल सहज रुपमा आवतजावत गर्न सक्नेछन् । भूकम्पबाट मानिसलाई सुरक्षित रहनका लागि पर्याप्त मात्रमा खुल्ला ठाउँ पनि नयाँ सहरमा हुनेछन् ।

किन आवश्यक छ ?

काठमाडौंका बस्तीहरु निकै जटिल पुर्वाधारमा निर्माण भएका छन् । ति बस्तीहरुमा कुनै प्राकृतिक विपतका समयमा आपत्कालिन राहत दिन सकिने अवस्थाका छैनन् । एम्बुलेन्स, दमकललगायतका आपतकालिन सवारीसाधनले सहज रुपमा सेवा दिन सक्ने वातावरण नभएको विज्ञ खोखाली बताउँछन् ।

नयाँ बन्ने सहरका बाटो चौडा हुने भएका आपतकालिन सवारीसाधनले सहज रुपमा सेवा दिन सक्छन् । जसका कारण जनधनको ठूलो क्षतिलाई न्युनिकरण गर्न सकिन्छ । 

‘नयाँ सहरका भौतिक संरचना वातावरण मैत्री हुनेछन्, त्यहाँ घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने अवस्था र्सिजना हुनेछैन,’ खोखालीले भने ।

नयाँ सहर बन्ने स्थान

(क) काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ सहर विस्तार क्षेत्र

पूर्वः भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म ।

पश्चिमः जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटर हँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटो ।

उत्तरः साँखु बजार र साँखु जाने मुल सडक ।

दक्षिणः भक्तपुर पुरानो बाटो (नेपाल सैनिक प्रतिष्ठान(खरिपाटी, देवोमिबा इतापाके जग्गा एकिकरण आयोजना, सिन्टीटार जग्गा एकिकरण 

आयोजना र दिव्यश्वरी जग्गा एकिकरण आयोजना बाहेकको क्षेत्रहरु मात्र) भित्रको करिब १ लाख रोपनी क्षेत्रफल जग्गामा नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गर्ने ।

(ख) काठमाडौं आग्नेयः 

(पूर्व–दक्षिण) काठमाडौं उपत्यकाभित्र भक्तपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र । निम्न सिमानाभित्रको कटुन्जे, गुण्डु, दधिकोट, शिरुटार, बालकोट भित्रको जग्गाहरु ।

पूर्वः अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सुर्यविनायक मन्दिर अगाडी वनलाई बाहिर पार्दै फेदको बाटो ।

पश्चिमः खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्याकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्ग सिमान ।

उत्तरः अरनिको राजमार्गको सिमाना ।

दक्षिणः भक्तपुर जिल्लाको सिनामंगल, रानीकोट जंगल छेउ, अनन्तलिगेश्वर फेदी, तर्खगाल, पात्लेटार, विरुवा हुँदै खहरेसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(ग) काठमाडौं तैऋत्यः (दक्षिण–पश्चिम) ललितपुर जिल्लाको नयाँ सहर विस्तार क्षेत्र ।

निम्न सिमानाभित्रको साविको खोकना (१, २, ३, ४, ५, ६, ७, ८) र बुङमती (१ नम्बर वडाको भैंसिपाटी छम्पी जाने मुख्यबाटोबाट बस्ती तर्फ मात्र, र २, ३, ४, ५, ६ को सबै) नगरपालिकाका जग्गाहरु ।

पूर्वः छेयासीकोटदेखि साविक सैवु गाविसको सिमान हुँदै फसिडोल, वाग्मती नदीको झोलगे पुलसम्म ।

पश्चिमः बागमती नदी सिमना ।

उत्तरः साविक सैंबु गाविसको सिमाना ।

दक्षिणः बागमती नदीसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।

(घ) काठमाडौं उत्तरः काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र ।

पूर्वः सामाकोसी, टोखा रोड हुँदै बाइपास ।

पश्चिमः काभ्रेस्थली बाइपास जाने मुल सडक ।

उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली ।

दक्षिणः ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved