विराटनगर जुट मिल्स ३ बर्षपछि पुन: संचालनमा, तत्काललाई पुरानो मिल्स मात्र चलाइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 26, 2017 | 04:15:31 PM मा प्रकाशित

laxmi  sunrise bank

बिराटनगर जुट मिल्स मङ्सिर १० देखि संचालनमा आएको छ। ०७२ भदौ १९ देखि पूर्ण रुपमा बन्द रहेको देशकै जेठो उद्योग नयाँ व्यवस्थापन आएपछि झन्डै ३ बर्षपछि संचालनमा आएको हो। 

मिल्सका सञ्चालक सदस्य मुकुन्दप्रसाद नेपालले विधिवत रुपमा ३ बर्षपछि संचालनमा आएको मिलको सुभारम्भ गरे। जुट मिल्समा रहेको पुरानो र नयाँ मध्ये पुरानो मिल्सलाई संचालनमा ल्याएको जनाईएको छ। 

पहिलो चरणमा मिल्समा जुटको सुतली र बोरामात्रै उत्पादन गर्ने लक्ष्य रहेको विराटनगर जुट मिल्सका प्रबन्ध निर्देशक निलहरी काफ्लेले बिजपाटिलाई जानकारी दिए। उनका अनुसार नयाँ व्यवस्थापनले मिल्सलाई पूर्णरुपमा आईपी सिस्टमको सीसी क्यामेराको निगरानीमा राखेर सञ्चालन गरेको छ।    

मिलले दैनिक ५६ टन उत्पादन जुट गर्नेछ भने ८५ जनाले मिलमा रोजगारी पाएका छन् । बि।स। १९९३ मा स्थापना भएको यो मिल्सले ०७२ साल पुस २१ गतेदेखि कम्पनी ऐनअनुसार नयाँ व्यवस्थापन पाएको हो।

३ करोडको लागतमा मिल्स संचालनमा ल्याइएको र थप २ करोड पुंजीको व्यवस्थापन गरेर पुष महिनादेखि नै दुवै मिलहरु पूर्णरुपमा संचालनमा ल्याइने बताइएको छ। 

नयाँ व्यवस्थापनले आफु अनुकुल सरकारको शेयर स्वामित्व ३३ प्रतिशतमा झारेर मिल्स संचालनमा ल्याएको हो। मिल्सको कूल ९३ हजार ७ सय ५० कित्ता सेयरमध्ये सरकारको ३१ हजार २३ र सर्वसाधारणको ६२ हजार ७ सय २७ कित्ता सेयर रहेको छ।

नयाँ व्यवस्थापनले मिलको पुँजी वृद्धिका लागि यसअघि २५ हजार कित्ता सेयर प्रति कित्ता १ सय ६० रुपैयाँमा बिक्रि गरेको थियो। जसबाट ४० लाख पुंजी वृद्धि भएको थियो। 

यसअघि सरकारले भारतीय विलसम इन्टरनेशनल कम्पनीलाई भाडामा मिल्स सञ्चालनका लागि दिएको थियो। तर उसले बिबिध समस्या देखाएर फिर्ता भएपछी मिल्स २०७२ भदौ २९ देखि मिल्स पूर्णरुपमा बन्द अवस्थामा थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved