निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत, निगम भन्छ- घाटा झनै बढ्यो

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 27, 2017 | 07:19:13 PM मा प्रकाशित

laxmi  sunrise bank

देश निर्वाचनमा होमिंदा पेट्रोलियम पदार्थको खपतले ऐतिहासिक रेकर्ड कायम गरेको छ। स्थानीय तहको निर्वाचन सकिएको केहि महिना लगत्तै देश पुन प्रदेश र संघको निर्वाचनमा प्रवेश गर्दा आयल निगमलाई भने भ्याई नभई भएको छ।

पछिल्लो ३ महिनाको अवधिमा खपत भएको पेट्रोलियम पदार्थको परिणामले नयाँ रेकर्ड बनाएको निगमले जनाएको छ। स्थानीय तहदेखि प्रदेश र संघको पहिलो चरणको निर्वाचनसम्म निगमले जति इन्धन बेचेको छ त्यति अहिलेसम्म कहिल्यै पनि बेचेको छैन। 

निगमले एक बर्षमा बिक्रि गर्ने परिमाणको झन्डै एक तिहाई इन्धन भदौ १६ देखि मङ्सिर ४ सम्म बेचेको छ। यहि रप्तारमा माग बढ्ने हो भने निगमले एक बर्षमा बिक्रि गर्ने इन्धनको आधा हिस्सा ३ महिनामा नै बिक्रि हुने प्रक्षेपण गरिएको छ। 

निगमले भदौ १६ देखि मंसिर ४ सम्म अर्थात २ महिना २२ दिनमा १ लाख १० हजार ८ सय किलोलिटर पेट्रोल बिक्रि गरेको छ। जबकी गत आर्थिक वर्ष २०७३/७४ को १२ महिनामा ४ लाख २ हजार २ सय ७८ किलोलिटर खपत भएको थियो।

चुनाबका कारण इन्धनको माग उच्च भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताएका छन। यहि क्रम जारि रहेको प्रदेश र संघको दोस्रो चरणको निर्वाचनसम्म गत बर्षको आधा इन्धन खपत हुने उनको भनाई छ।  

यस अवधिमा इन्धन मात्र नभई डिजेलको खपत पनि ब्यापक बढेको छ। चुनावी प्रचार प्रसार बढ्दै जाँदा इन्धन खपत पनि तिब्र रुपले बढेको निगमले जनाएको छ। 

गत बर्षको तुलनामा यस अवधिमा १७ हजार किलोलिटरले डिजेल खपतमा वृद्धि भएको छ। गत बर्षको यस अवधिमा ८३ हजार किलोलिटर डिजेल खपत भएकोमा यस अवधिमा १ लाख पुगेको निगमले जनाएको छ।   

जनप्रतिनिधिको संख्यामा वृद्धि भएकाले चुनाबी प्रसारको प्रभाब हवाई यात्रामा समेत देखिएको छ। हवाई इन्धनको खपत समेत गत बर्षको तुलनामा ब्यापक बढेको छ। निगमका अनुसार गत बर्षभर खपत भएको हवाई इन्धन यस बर्ष ३ माहिनामा नै खपत भएको छ।

गत आर्थिक वर्षमा १ लाख ६४ हजार २ सय ९९ किलोलिटर हवाइ इन्धन खपत भएको थियो। तर यो २ महिना २२ दिनको अवधीमा मात्र ५७ हजार किलोलिटर पुगेको छ।  

इन्धनको ब्यापारमा वृद्धि भएपनि निगमले भने घाटा झनै बढेको निगमको भनाइ छ। निगमको मासिक घाटा ५५ करोड नाघेको भट्टराईले बताए। भारतीय आयल निगमबाट बढेर आएको मुल्य अनुसार नेपालमा मुल्य समायोजन नहुँदा निगमको घाटा बढिरहेको उनले बताए। भट्टराइका अनुसार  

निगमलाई पेट्रोल प्रति लिटर १४ पैसा, डिजेलमा ३ रुपैयाँ ९८ पैसा तथा मट्टीतेलमा १५ रुपैयाँ घाटा भएको छ। त्यस्तै आन्तरिक उडानमा प्रतिलिटर १२ रुपैयाँ र अन्तर्राष्ट्रियमा १८ रुपैयाँ ३१ पैसा घाटा भएको उनको भनाई छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved