'कुचो' किन्ने तेश्रो प्रयासमा काठमाडौं महानगरपालिका

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 28, 2017 | 07:48:47 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले ब्रुमर (धुलो उठाउने मेसिन) खरिदका लागि तेश्रो प्रयास गर्ने भएको छ । यस अघि २ पटक ब्रुमर खरिद गर्न नसकेको महानगरपालिकाले तेश्रो पटक ब्रमुर खरिद गर्ने प्रयास गरेको हो ।

महानगरपालिकाले ब्रुमर खरिद गर्ने प्रक्रिया अगाडि बढाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।‘यस अघि महानगरले २ पटक ब्रुमर खरिदका लागि टेण्डर अव्हान गरेको थियो, खरिद मुल्य र टेण्डर कर्ताको मुल्यमा ठूलो फरक पर्दा ब्रुमर किन्न सकिएन,’ प्रवक्ता कार्कीले भने ।

काठमाडौंका हरेक सडक तथा गल्ली धुलोको चपेटामा छन् । सडक धुलाम्मे हुनु काठमाडौंबासीका लागि नयाँ कुरा हैन । तर, पछिल्लो समय मेलम्ची खानेपानीको पाइप लाईन बिछ्याउन खनिएका सडकबाट उठ्ने धुलोका कारण काठमाडौंबासी आक्रान्त छन् ।

महानगरबासीलाई धुलोबाट राहत दिनका लागि महानगरले यस अघि २ पटक ब्रुमर किन्ने प्रयास गरेको थियो । त्यस समय महानगरपालिकाले ब्रुमर खरिदका लागि गरेको प्रयास सफल हुन सकेको थिए । यसपटक ब्रुमर खरिद गरेर सहरबासीलाई धुलोबाट राहत दिने योजनामा महानगरपालिका छ ।

यस अघि निकालिएको टेण्डरमा सहभागी हुने कम्पनीहरुले महानगरपालिकाको खरिद इकाईले सिफारिस गरेको मूल्यभन्दा २५ देखि ३० प्रतिशत बढि मुल्यमा ब्रुमर खरिदका लागि प्रस्ताव पेश गरेका थिए ।

‘सरकारी टेण्डर प्रकृयामा तोकिएको मुल्यभन्दा न्यून मूल्यमा प्रस्ताव गर्ने कम्पनीले टेण्डर पाउने व्यवस्था छ । यो पटक टेण्डरका लागि सूचना प्रकाशित गर्दा मूल्यमा केहि हेरफेर गरिन्छ,’ कार्कीले भने । खरिद इकाईले ब्रुमर किन्नने प्रक्रिया अगाडि बढाउनका लागि महानगरको वातावरण विभागमा फाइल पठाएको कार्कीले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved