काठमाडौं महानगरको कार्यालयमा निःशुल्क वाइफाइ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 29, 2017 | 05:45:18 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाको कार्यालयमा निःशुल्क वाइफाइ प्रयोग गर्न सकिने भएको छ । महानगरपालिकाको कार्यालय रहेको सिटीहल (राष्ट्रिय सभागृह) मा मंसिर १३ देखि निःशुल्क वाइफाइ सेवा संचालनमा ल्याइएको हो।

काठमाडौं महानगरपालिका कार्यकारी प्रमुख धनीराम शर्माले सिटीहलमा जाने सेवाग्राहिले बिना पासर्पोट महानगरले उपलब्ध गराएको वाइफाई प्रयोग गर्न सक्ने बताएका छन।   

‘सहरमा निःशुल्क वाइफाइ सेवा दिनका लागि महानगरले काम गरिरहेको छ, त्यसैको सूरुवात स्वरुप सिटीहलमा निःशुल्क वाइफाई सेवा संचालनमा ल्याइएको हो,’ शर्माले बिजपाटिलाई भने।

उनका अनुसार महानगरका सेवाग्राहिले सिटीहल र लबीमा बसेर निःशुल्क वाइफाइ प्रयोग गर्न सक्नेछन। महानगरलाई निःशुल्क वाइफाइ क्षेत्रको रुपमा विकसित गर्नका लागि कार्यालयबाट यसको थालनी गरिएको शर्माले बताए ।

महानगरका कार्यालयमा पहिलेदेखि वाइफाइ सेवा संचालनमा थियो । तर, सेवाग्राहिले प्रयोग गर्न सक्नेगरि वाइफाइको व्यवस्था गरिएको थिएन । पासर्पोट भएकाले मात्र वाइफाइ प्रयोग गर्ने गरेका थिए । 

आजदेखि महानगरका सेवाग्राहिले बिना पासरवर्ड  निःशुल्क वाइफाइबाट इन्टरनेट प्रयोग गर्न सक्ने महानगरका सूचना प्रविधि महाशाखा प्रमुख काफ्लेले बताए। काठमाडौं महानगरपालिकाले विगत २ वर्षदेखि रत्नपार्कमा पनि निःशुल्क वाइफाइ सेवा दिइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved