प्राविधिक शिक्षालय स्थापना गर्न महायज्ञ, एक करोड ८० लाख रुपैयाँ संकलन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 30, 2017 | 01:07:51 PM मा प्रकाशित

laxmi  sunrise bank

लेखनाथ महानगरपालिका–२५ हेम्जामा सञ्चालन भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा रु एक करोड ८० लाख संकलन भएको छ। सो ठाउँमा रहेको अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक शिक्षालय स्थापना गर्ने र विद्यालयको लागि थप जग्गा खरिद गर्ने उद्देश्यले गत मंसिर ५ गतेदेखि महायज्ञ सञ्चालन गरिएको थियो। महायज्ञ बुधबार सकिएको छ।

महायज्ञमा बोधराज भण्डारीले १२ आना तीन पैसा एक दाम, शोभाखर दाहालले ६ आना र नेत्रपाणि भण्डारीले ५ आना जग्गा विद्यालयलाई दान गरेका महायज्ञ आयोजक मूल व्यवस्थापन समितिका कोषाध्यक्ष नवराज अधिकारी जानकारी दिए।

महायज्ञमा सो ठाउँ निवासी प्रेमप्रसाद अधिकारीले सबैभन्दा बढी रु ६ लाख २५ हजार, शोभाकर दाहालले रु ५ लाख ५५ हजार ५५५, नेत्रपाणि भण्डारीले रु ५ लाख ५ हजार ५५५, शोभाखर भण्डारीले रु ५ लाख ५ हजार सहयोग गरेका छन्। महायज्ञमा पण्डित दीनबन्धु पोखरेल वाचक रहेका थिए।रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved