१ करोडको लेनदेनले लियो ब्यापारी गौचनको ज्यान, विवाद उत्कर्षमा पुगेपछि बन्यो हत्याको योजना

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 03, 2017 | 01:35:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले 'सहिद' घोषणा गरेको निर्माण व्यवसायी शरद कुमार गौचनको हत्याको कारण खुलेको छ। घटनाका मुख्य योजनाकार समिरमान सिंह बस्नेतसंग एक करोड रुपैयाँको लेनदेन नमिल्दा गौचनको ज्यान गएको तथ्य खुलेको हो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा गौचनले डाँफे कन्सट्रक्सनको सेयर दिने भनेर गजुरमुखी कन्सट्रक्सनका मुख्य लगानीकर्ता रहेका कुमार श्रेष्ठ (घैँटे) बाट लिएका थिए। 

घैँटे मार्फत गौचनले लिएको रकम मध्येको १ करोड आफ्नो भएको दाबि गर्दै बस्न्यातले घैँटेको मृत्युपछि उक्त सम्पूर्ण रकम बराबरको डाँफे कन्सट्रक्सनको सेयर वा रकम फिर्ता गर्न गौचनसँग पटक–पटक माग गरेका थिए।

उक्त रकम फिर्ता नभएको असन्तुष्टि वीरगञ्जदेखि विराटनगर जोड्ने हुलाकी मार्गको ठेक्काको कमिशनले झनै चर्काएको अनुसन्धानमा देखिएको छ। यस ठेक्काको कमिशन बापतको २ प्रतिशत रकम माग गर्दा पनि गौचनले त्यसलाई बेवास्ता गर्दा विवाद चरम उत्कर्षमा पुगेको थियो। 

गौचनसंग आफ्नो हक बापतको रकम पटक पटक माग गर्दा पनि त्यसको कुनै सुनुवाई नभएपछी बस्न्यातको योजनामा असोज २३ गते गौचनको हत्या गरिएको थियो। 

प्रहरीले गौचनको हत्यामा सम्लंग ७ जनालाई यस अघिनै पक्राउ गरेपनि प्रमुख योजनाकार भनिएका बस्नेतलाई बिशेष सुराकीको आधारमा केन्द्रीय अनुसन्धान व्युरोका डिआइजी पुष्कर कार्कीले खटाएको टोलीले गत मंगिर १६ गते चितवनको नारायणघाटबाट पक्राउ गरेको थियो।बस्न्यात पक्राउ परेसंगै यस अघिका विभिन्न घटनाको तथ्यहरु खुल्दै जाने अपेक्षा गरिएको छ। 

      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved