चिलिमेको बिद्युत उत्पादन बन्द, रसुवाकाे मतगणाना प्रभावित हुन सक्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 06, 2017 | 06:04:40 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य आज दिउँसोेदेखि बन्द भएको छ । बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ ।

विद्युत् उत्पादन नहुँदा सदरमुकाम धुञ्चेलगायत जिल्लाको उत्तरी भाग पूरै अन्धकार भएको छ भने भोलि साँझदेखि शुरु हुने मतगणना कार्यलाई मध्यनजर राखी विद्युत्गृह सञ्चालन गराउन ताकेता भइरहेको बताउँदै प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले भोलि दिउँसोसम्म चालु हुने अपेक्षा राखिएको बताए । रासस

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved