१५ दिनमै फेरि बढ्यो इन्धनको मूल्य, अब कति पुग्यो ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 20, 2017 | 05:50:47 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मङ्सिर ४ गते राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको हो । 

नयाँ बढेको मूल्य अनुसार अब पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर १/१ रुपैयाँले बढी पर्नेछ । यसअघि निगमले मंसिर २२ मा इन्धनको मूल्य समायोजन गरेको थियो ।

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ७८/७८ रुपैयाँ पुगेको छ ।पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेपनि खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved