हात्तीले टावर ढाल्दा विद्युत् आपूर्ति अवरुद्ध, सुदुर र मध्य पश्चिमका केही जिल्ला अन्धकार

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 22, 2017 | 06:50:04 PM मा प्रकाशित

laxmi  sunrise bank

जंगली हात्तीको अवरोधपछि सुदुर र मध्यपश्चिमका केही जिल्ला अन्धकार भएको छ।कुसुम र कोहलपुरका बीच समशेरगन्ज नजिक पर्ने १३२ केभी डबल सर्किट सस्पेन्सन टाइप प्रसारण टावरलाई जंगली हात्तीले क्षति पुर्‍याएका कारण विद्युत प्रसारण हुन नसकेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

उक्त टावर नं ४८५ क्षतिग्रस्त भएपश्‍चात् सो संरचनाबाट विद्युत प्रवाह हुने १३२ केभी सव स्टेशनहरु लालपुर, अत्तरिया, पहलमानपुर, भुरिगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत प्रवाह गर्न सकिने अवस्था छ ।

भारतबाट टनकपुर सबस्टेशन भएर आयात हुने विद्युतमात्र प्रवाह भइरहेकाले ती सब स्टेशनहरुबाट विद्युत आपूर्ति हुने विभिन्न क्षेत्रहरुमा पिक आवरका समयमा करिब १५ मेगावाट विद्युत अपुग भई केहीबेर विद्युत कटौती गर्नुपर्ने वाध्यता सिर्जना भएको उनले बताए।

टावरको वास्तविक क्षति जाँचगरी नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको छ। उक्त ठाउँमा अस्थायी र स्थायी व्यवस्था अविलम्ब मिलाई विद्युत आपूर्ति नियमित बनाउन नेपाल विद्युत प्राधिकरण कटिबद्ध भई लागिपरेको उनले बताए। रासस  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved