बजार नै बिग्रने गरि ब्याजदर बढाउने होडबाजीमा नलाग्न राष्ट्रबैंकको चेतावनी

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 25, 2017 | 09:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर बढाउने होडबाजीमा साबधानी अपनाउन निर्देशन दिएको छ। केहि बाणिज्य बैंकका बैंकरबाट ब्याजदर बढाउने होडबाजी हुँदा समस्या सिर्जना भएकाले बैंकिङ सिस्टम नै बिग्रिने गरि आफूखुसी ब्याजदर नबढाउन राष्ट्र बैंकले चेतावनी दिएको हो।

'केही बाणिज्य बैंकका बैंकरहरुले जबर्जस्ती बैंकिङ सिस्टममा समस्या निम्त्याउन खोजेको देखिन्छ, आफूखुसी ब्याजदर बढाएर बजारलाई आतंक मच्चाउनु उचित होइन' राष्ट्र बैंकका डिपुटी गभर्नर शिव राज श्रेष्ठले गुडविल फाइनान्सको आइएम एमबीए कार्यक्रमको शुभारम्भ समारोहमा भने,'कहरुले क्रमश ब्याजदरमा होडबाजी गर्न लागेको देखिन्छ, जुन सबैको अहितमा छ।' 

बैंकिङ प्रणालीमा अहिले पनि ३२ अर्ब रुपैयाँ एक्सेस लिक्वीडीटि भएको जानकारी गराउदै डिपुटी गभर्नर श्रेष्ठले भने, 'बैंकिङ सिस्टममा लिक्विडीटिको कुनै समस्या नै छैन, अहिलेपनि बैंकिङ सिस्टममा ३२ अर्ब एक्सेस लिक्वीडीटि छ।'

केहि बैंकरले बजारमा आतंक मच्चाउने काम गरेको प्रति असन्तुष्टि जनाउदै श्रेष्ठले भने, 'एक हप्ता अगाडी ब्याजदर १० प्रतिशत थियो, ३ दिन अगाडी साढे १० प्रतिशत, आज त साढे ११ प्रतिशत पुर्याएका छन, उ कुरा उचित होइन, न त बैंकिङ म्यानर भित्र पर्छ।'

केहि बैंकहरुले निक्षेपकर्तालाई जबर्जस्ति एक बैंकबाट अर्को बैंकमा दौडन पर्ने माहोल बनेको भन्दै श्रेष्ठले यस्तो कार्य उचित नभएकाले होसियारि अपनाएर काम गर्न निर्देशन दिएका छन। 

'पुष मसान्तमा ठुलो रकम राजश्वका लागि जाँदा बैंकिङ प्रणालीमा तरलता अभाब देखिन्छ कि भन्ने डरले निक्षेप तान्न ब्याजदरमा होडबाजी गर्नु हुँदैन' श्रेष्ठले भने, 'करिब ८० अर्ब राजश्व बुझाउन पर्ने देखिन्छ, गत बर्ष जस्तै सर्ट हुन्छ कि भन्ने डरले ब्याजदर बढाएर निक्षेप तान्ने प्रतिस्पर्धा गरेको हो भने डराउनु पर्ने कुनै कारण छैन। बैकल्पिक समाधानको उपायबारे राष्ट्र बैंकले काम गरिरहेको छ।'    

केहि बैंकहरुकै कारण विकास बैंक र फाइनान्सले समेत ब्याजदर बढाउनुपर्ने बाध्यता आइलागेको भन्दै सिमित निक्षेप तान्ने होडबाजीमा अर्थतन्त्रको सिस्टम नै बिगार्ने काम कोहिबाट हुन नहुने श्रेष्ठले बताए।

सरकारको खातामा ३४८ अर्ब रुपैयाँ संचित रहेकोले सरकारलाई खर्च गर्न समस्या नभएको पनि उनले बताउदै उनले भने ‘विगत तीन वर्षदेखि सरकारले सबै आम्दानी खर्च गर्न नसकेर संचित हुँदै गएको रकम ३४८ अर्ब रुपैयाँ अझै खर्च भएको छैन, सरकारलाई खर्च धान्न गाह्रो भएकै हो तर यस्तो अवस्थामा बैंकहरुले निक्षेप कर्ताहरुलाई तपाई आत्तिनु पर्दैन, हामि तपाइँको साथमा छौँ भन्नुको सट्टा आफूखुसी ब्याजदर बढाउने होडबाजी गराउनु हुँदैन, अप्ठारो परिस्तिथिमा बैंकहरुको पनि जिम्मेवारी हुन्छ, त्यो पुरा पुरा गर्नुहोस।'  

त्यस्तै 

गुडविल फाइनान्सद्वारा आयोजित 'आइएम एमबिए' कार्यक्रममा बोल्दै श्रेष्ठले सबै बैंक वित्तीय संस्थाहरुले निक्षेप तान्ने होडबाजी मात्र नगरी बचत गर्न सिकाउनु पर्ने बताएका छन। 

अहिलेपनि १८ प्रतिशत ब्यवस्कहरु बैंक वित्तीय संस्थासंग जोडिन सकेका छैनन। बैंक बित्तिय संस्थाले शहरका साथै दुर्गममा पुगेर उनीहरुलाई बचत गर्न सिकाउनुपर्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने श्रेष्ठले बताए। 

मास्टर इन बचत तथा आर्जन कार्यक्रम मार्फत गुडविल फाइनान्सले सुरु गरेको वित्तीय साक्षरता अभियानमा राष्ट्र बैंकको साथ सहयोग सधैं रहने श्रेष्ठले बताए।  

कुन बैंकको ब्याजदर कति ?

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकले ब्यक्तिगत मुद्धति निक्षेपमा सबैभन्दा बढी ब्याजे दिने योजना ल्याएको छ । उसले आइतबार १२० दिनका लागि साढे ११ प्रतिशत ब्याज दिने गरी नयाँ मुद्धति योजना सार्वजनिक गरेको छ।

त्यस्तै कुमारी बैंकले सय दिनका लागि व्यक्तिगत मुद्धती खातामा ११ प्रतिशतसम्म ब्याज दिने योजना आइतबार सार्वजनिक गरेको छ। साथै सेन्चुरी कर्मशियल बैंकले ११, लक्ष्मीले ११ प्रतिशत ब्याज दिने मुद्धति योजना ल्याएका छन।

यसैगरि केहि दिन अगाडी मात्र माछापुच्छे, सानिमा , बैंक अफ काठमाण्डु, र नेपाल इन्भेष्टमेन्ट बैंकले पनि १० प्रतिशत ब्याज दिने गरी मुद्धति योजना सार्वजनिक गरेका छन।

यस्तै स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि १ वर्षमा ९ प्रतिशत ब्याज दिने मुद्धति निक्षेप योजना सार्वजनिक गरेका छ । राष्ट्रिय वाणिज्य, कृषि विकास र नेपाल बैंकबाहेक प्राय सबै बैंकले मुद्धति निक्षेपमा ब्याज दर बढाएका छन् ।


‘आई एम एमबीए एप’ सार्वजनिक

गुडविल फाइनान्सले वित्तीय साक्षरता वृद्धि गर्ने उदेश्यले ‘आई एम एमबीए’ कार्यक्रम सार्वजनिक गरेको छ । ४९ प्रतिशत नेपालीसम्म वित्तीय पहुँचमा नपुगेको अवस्थामा वित्तीय साक्षरता र पहुँच वृद्धि गराउने उदेश्यले यो कार्यक्रम ल्याएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताएका छन।   

स्कूल तहदेखि विद्यार्थीलाई र गृहणीहरुलाई समेत ‘म बचत गर्छु र आर्जन गर्छु’ भन्ने सन्देश दिनको लागि गुडविल फाइनान्सले 'आई एम एमबीए' को एप र पुस्तक तयार गरी सार्वजनिक गरिएको शाक्यले बताए । एपको सार्वजनिक नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शमशेर जवराले गरे। 

त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सले काष्ठमाण्डपको होलोग्राम बनाएर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरेको छ।  उक्त होलोग्राम बसन्तपुर दरवार क्षेत्रमा राखिने काठमाण्डौ महानगरपालिकाको मेयर विद्यासुन्दर शाक्यले बताए । 






Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved