नेपालमा पहिलो पटक हिमालयन हाइड्रो एक्स्पो हुदै, ५० प्रतिशत स्टल विदेशी कम्पनीहरुको रहने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2017 | 02:46:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमापहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१ गतेदेखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो । 

राजधानीमा तीन  एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्तकम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशीकम्पनीहरुको सहभागिता रहने छ ।

एक्स्पोमाचीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिललगायतमुलुककाकम्पनीतथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ । 

विशेष गरी CMC Italy , VOITH- Germany, CRYSTAL - India, FLOVEL-India, VAPTECH- Bulgaria, MAVEL- Czech Republic, BFL-India, Powerchina – China, CSEC – China  जस्ता बहुर्राष्ट्रिय कम्पनी पनि एक्स्पोमा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ । दर्जनौं विदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको बजार बिस्तारका साथै अनुभव आदानप्रदान गर्न एक्स्पोले महत्वपूर्ण योगदान पुरयाउने आयोजक संस्थाले विश्वास लिएको छ । 

७वर्षमा १७हजार मेगावाट विद्युत् उत्पादनगर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने छ  ।

एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्यमुख्यविषयमासेमिनार समेत संचालनहुनेछन् । पहिलो दिनपुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिनपुष २२ गते बैंकिंगतथाइन्स्योरेन्स तथाअन्तिमदिनपुष २३ गते हाइड्रो पावर सम्बन्धिका सेमिनारहरु संचालनहुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक फरक बिषयमा६ वटा भन्दाबढी सेमिनार संचालनगरिने छ ।

हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा  

यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरीहाइड्रो पावर सम्बन्धीनयाँअवधारणा बारे विद्यार्थीहरुएवं व्यक्तिगततवरवाट आविष्कार गरेकावस्तु तथा सेवाबिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग सम्बन्धितनयाँवस्तु तथाअवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कृत समेत गरिने छ । 

उक्तप्रतियोगितामाप्रथमहुनेले ५५ हजार ५ सय ५५ रुपैयाँपचपन्न पैसा तथाद्वितीय र तृतीयहुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदानगरिने छ ।

एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजनाआयोग, उर्जा मन्त्रालय, जनसंख्यातथावातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ । नेपालविद्युतप्राधिकरण, नेपालउद्योग बाणिज्य महासंघ, नेपालउद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

नेपाल टनेलिङ एसोसिएशन, नेपालजर्मन चेम्बर अफकमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफकर्मशएवं स्वदेशीतथाविदेशीकम्पनीहरुको पनिएक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको प्लाटिनियम प्रायोजक इटलीको सिएमसीदी रभेन्नाकम्पनीले गर्नेभएको छ । अफिसियल पार्टनरको रुपमाहोटल अन्नपूर्ण, नेपालसिपिङ एण्ड एयर लजिस्टिक प्राली र एनएमबि बैंक लिमिटेड रहेका छन् । 

तीनदिनसम्मचल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved