एनसेलले लाभांश लैजाने जानकारी गराएपछि बैंकहरुमा खैलाबैला, महँगो ब्याज कबुलेर पैसा उठाउदै बैंकहरु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 28, 2017 | 09:25:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले बाटो खुला गरेपछि एनसेलले लाभांश बापतको रकम लाग्ने जानकारी बैंकहरुलाई गराएसंगै बैंकहरुले त्यसको व्यवस्थापन गर्न महँगो ब्याज कबुलेर पैसा उठाउन थालेका छन। 

सर्वोच्च अदालतले अन्तरिम आदेश जारि गर्दै एनसेललाई लाभांश लैजान बाटो खुला गरेपश्चात एनसेलले पुष १२ गते नै दुई आर्थिक बर्षको लाभांश लैजाने अनुमति माग्दै राष्ट्र बैंकमा निबेदन दिएको छ। एनसेलले लाभांश लैजान तिब्रता देखाएसंगै बैंकहरुले महँगो ब्याज कबुलेर पैसा उठाउने प्रस्ताब नेपाल टेलिकमलाई गरेका छन। 

प्राप्त जानकारी अनुसार एनसेलको खाता रहेको नबिल बैंकले सबै भन्दा बढी १३.०२ प्रतिशतमा २ अर्ब ५० करोड उठाउने प्रस्ताब टेलिकमलाई गरेको छ। नबिलले १३.०२ प्रतिशतमा पैसा उठाउन प्रस्ताब गरेसंगै बैंकिङ प्रणालीमा त्यसले तरंग ल्याएको छ। 

त्यस्तै नबिललाई पछ्याउदै एनएमबि बैंकले १२.८१ प्रतिशतमा १ अर्ब रुपैयाँ उठाउने प्रस्ताब टेलिकमलाई गरेको छ। त्यस्तै ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, जनता, कुमारी र सनराइजले १२ दशमलब ५० प्रतिशतको हाराहारीमा १ अर्ब उठाउने प्रस्ताब टेलिकमलाई गरेका छन। 

त्यस्तै सिभिल, लक्ष्मी, सिटिजन, एनसिसि र बैंक अफ काठमान्डूले १२ प्रतिशत ब्याजदरमा ५० देखि ७५ करोड उठाउने प्रस्ताब गरेका छन। एनआइसी एसियाले भने ११ प्रतिशत ब्याजदरमा १ अर्ब उठाउने प्रस्ताब गरेको छ। सबैभन्दा कम रकम कबुल गर्नेमा हिमालयन बैंक छ। हिमालयनले २५ करोड रुपैयाँ साढे ९ प्रतिशत ब्याजमा मागेको छ।  

विभिन्न बैंकहरुमा एनसेलको पैसा रहेकाले एनसेलले लाभांश बापतको रकम लैजादा तरलतामा समस्या देखिन सक्ने भन्दै बैंकहरुले महँगो ब्याजदरमा पैसा उठाएर तरलता व्यस्थापन गर्न लागेका हुन। 

अर्को तर्फ पुष मसान्त नजिकिदै गर्दा बैंकहरुलाई तरलता व्यवस्थापनमा दबाब बढेको छ। राजश्व बापतको ठुलो रकम पुष मसान्तमा बैंकिङ प्रणाली मार्फत देशको ढुकुटीमा थुप्रिने हुनाले पनि भविष्यमा हुन सक्ने जोखिमलाई कम गर्न बैंकहरुले अहिले नै थोरै अवधिका लागि धेरै ब्याजदरमा पैसाको जोहो गर्न लागेका हुन।

लाभांश लैजान राष्ट्र बैंकमा एनसेलको निबेदन 

अदालतले बाटो खोलिदिएपछि एनसेलका लगानीकर्ता लाभांस रकमको सटही सुविधा माग गर्दै बुधबार नेपाल राष्ट्र बैंक पुगेका छन्। एनसेलका लगानीकर्ताले दुई आर्थिक बर्षको लाभांश लैजाने अनुमति माग्दै राष्ट्र बैंकमा निबेदन दिएका हुन। 

एनसेलले २०६९-७० को ११ अर्ब लाभांस लगिसकेको छ। उसले लाभांस कर ५ प्रतिशत काटेपछीको कायम रकममध्येको ८० प्रतिशत अर्थात ८ अर्ब ३६ करोड रुपैयाँ बराबरको लाभांश लगिसकेको छ। 

आर्थिक बर्ष २०७०-७१ र ०७१-७२ मा एनसेलले लाभांस नछुट्याएका कारण यसको दावी एनसेलले गरेको छैन तर एनसेलले २०७२-०७३ र २०७३-०७४ को हुन आउने करिब २५ अर्ब रुपैयाँ बराबरको लाभांश लैजाने अनुमति माग गरेको हो। तर आजियाटाले खरिद गर्ने बेला देखाइएको कुल ७२ अर्ब रुपैयाँ सञ्चित मुनाफा लैजाने हो वा होइन भन्नेबारे चाहिँ प्रष्ट भइसकेको छैन।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved