राष्ट्र बैंकले बैंकहरुलाई पैसा लिन बोलायो, पहिलो दिन ५ अर्ब प्रवाह गर्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Dec 28, 2017 | 06:12:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५ अर्ब पठाउने भएको छ। तरलता अभाब भएको भन्दै बैंकहरुले धमाधम ब्याजदर बढाएसंगै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरेर ५ अर्ब बैंकिङ प्रणालीमा पठाउन लागेको हो। 

राष्ट्र बैंकले बजारमा तरलता कायम गर्नका लागि उनीहरुले किनेको ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ। बैंकहरुले पुष १६ गते दिउँसो दुई बजेसम्म आफुसंग भएको बिकास ऋणपत्र के कति मुल्यमा बिक्रि गर्ने हो त्यससम्बन्धि जानकारी राष्ट्र बैंकमा गराउनु पर्नेछ। विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट तय हुने राष्ट्र बैंकले जनाएको छ ।  

लगानी योग्य रकम अभाब भएको भन्दै बैंकहरुले महँगो ब्याजदरमा पैसा उठाउन थालेपछि राष्ट्र बैंकले बैंकहरुसंग रहेका ऋणपत्र खरिद गरेर बैंकहरुलाई रकम उपलब्ध गराउन लागेको हो। विकास ऋणपत्र बिक्रि पश्चात बैंकहरुमा ५ अर्ब जाने र त्यसले लगानीयोग्य रकमको अभाबलाई केहि सम्बोधन गर्ने राष्ट्र बैंकको बुझाई रहेको छ।

केहि दिन अघि मात्र राष्ट्र बैंकका डिपुटी गभर्नर शिबराज श्रेष्ठले बैंकिङ प्रणालीमा अहिलेपनि ३४ अर्ब रुपैयाँ अधिक तरलता रहेको बताएका थिए। तर बैंकहरुले लगानीयोग्य रकम अभाब भएको र हालको निक्षेप बाहिर जानबाट रोक्नका लागि भन्दै करिब १३ प्रतिशत ब्याजदरमा बजारमा पैसा उठाउन थालेका छन।  



 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved