१५ दिन भित्र ६५ अर्ब लाभकार तिर्न टेलियालाई निर्देशन, स्विडेन स्थित मुख्यालयको नाममा सूचना जारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 03, 2018 | 09:00:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले लाभकर तिर्न टेलियालाई १५ दिनको अल्टिमेटम दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको ठुला कर्द्ता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शेयर विक्री गर्दा पाएको लाभ वापतको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको हो ।

बुधवार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाइ लाभकर, ब्याज तथा फि समेत गरी पुष १८ सम्म उसको कर बक्यौता रु ६५ अर्ब ४० करोड ३१ लाख नाघेको सूचित गराएको हो  । कार्यालयले १५ दिन भित्र उक्त कर चुक्ता गर्न टेलिया कम्पनीको स्विडेन स्थित मुख्यालयको नाममा सूचना जारी गरेको हो ।

 अब पनि तोकिएको (१५ दिन) समयभित्र कर भुक्तानी नगरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ ले भने बमोजिमका प्रकृया अबलम्बन गरी कर असुल उपर गर्न कर कार्यालय बाध्य हुने सूचनामा उल्लेख छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved