सिमेन्ट र डण्डीको मुल्यमा देखिएको वृद्धि अस्वाभाविक : महासंघ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 05:13:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट, डण्डी, गिट्टी, बालुवा लगायतका वस्तुमा बढेको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

महासंघले आज पत्रकार सम्मेलन गरी निर्माण सामग्रीमा भएको मुल्यवृद्धिले निर्माण व्यवसायको क्षेत्रमा नकारात्मक असर पर्ने र त्यसको प्रभाव समग्र देशको अर्थतन्त्रमा पर्ने भन्दै फिर्ता लिन आग्रह गरेको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठले निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण व्यवसायीसँगै जनतासमेत मारमा परेको बताए। “एक रुपैयाँ डिजेलको भाउ बढ्दा सिमेन्टमा १०० र डण्डीमा प्रतिकिलोग्राम ७८ वृद्धि भएको छ, यो अस्वाभाविक वृद्धि हो,” अध्यक्ष श्रेष्ठले भने।

अध्यक्ष श्रेष्ठले राज्यबाट सञ्चालित भई सम्पन्न भएका परियोजना निर्माण कार्य बापतको भुक्तानी नहुँदा देशभरका व्यवसायी ठूलो मारमा परेको बताए ।महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ मा भएको मूल्य समायोजन व्यवस्थालाई कडाइका साथ अनिवार्य लागू गर्नुपर्ने, छिमेकी मुलुकबाट निर्माण सामग्री आयात गर्न र सोको भन्सार छुटको व्यवस्था गर्नुपर्ने तथा मूल्यवृद्धिको मारमा परेका व्यवसायीलाई उचित क्षतिपूर्तिको माग गरेको छ ।

यसैगरी, निर्माण कार्य गर्दा व्यवसायीले बिना झन्झट नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्यसूचीबमोजिम मूल्य समायोजनको रकम प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने बताएको छ ।

महासंघका पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा आठजनालाई पक्राउ गरेपनि महासंघ सन्तुष्ट नरहेको बताए। “महासंघका तत्कालीन अध्यक्षको हत्यामा धेरै मानिस संलग्न रहेपनि जम्मा आठजना मात्र पक्राउ भएका छन्, बाँकीलाई पनि चाँडो पक्राउ गर्न हामी प्रहरीलाई आग्रह गर्दछौँ,” उनले भने।

महासंघका महासचिव रामशरण देउजाले मूल्यवृद्धिले निर्माण व्यवसायीसँगै भूकम्पपीडित जनतासमेत मारमा परेको बताए। उनले तेल र क्लिङ्करको भाउ बढेको बहानामा व्यवसायीले मौकाको फाइदा उठाउन खोजेको आरोपसमेत लगाए।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved