१ अर्ब लागतमा अब बुटवलदेखि पाल्पासम्म केवलकार ! (ग्राफिक भिडियो सहित)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 07, 2018 | 09:07:44 PM मा प्रकाशित

laxmi  sunrise bank

एक अर्व लागतमा बुटवलको देउरालीदेखि पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ । केबलकारको निर्माण आगामी बैशाखभन्दा अगाडिबाटै सुरु हुने सिद्धार्थ केवलकार कम्पनीले जानकारी दिएको छ।

यो केबलकार २०२० को जनवरी सम्ममा सञ्चालनमा ल्याउने सिद्धार्थ केवलकारका संचालक राजेन्द्रसिंह गुरुङले जानकारी दिएका छन्। करिब २ किमी लामो सो केबलकारको निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुदायिक वन उपभोक्ता समिति सहमत भइसकेको बताइएको छ।

शनिबार आयोजित उपभोक्ता समितिको बैठकले समेत आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको संचालक गुरुङ्गले बताए। केबलकारको निर्माणपछि प्रत्यक्ष रुपमा ६० जना र अप्रत्यक्ष रुपमा १ सय ५० जनाभन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीको बिश्वास छ।

यो केवलकारमा सुरुमा ९० वटा डिब्बा राख्ने कम्पनीको योजना छ । केवलकारको लागि करिब ७ बिगाहा जग्गा आवश्यक पर्ने र सो जग्गा खरिदको लागि प्रक्रिया समेत अघि बढाएको गुरुङले जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved