‘एक परिवार एक गाई/भैँसी उपलब्ध गराउ’

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 11, 2018 | 07:57:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल डेरी एशोसिएशनले भूकम्पपीडित परिवारलाई एक परिवार एक गाई वा भैँसी उपलब्ध गराउन माग गरेको छ।गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी बढ्ने र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने एशोसिएशनले जनाएको छ।

भूकम्प अतिप्रभावित १४ तथा सामान्य प्रभावित १७ गरी ३१ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ती क्षेत्रमा घर निर्माणमा आर्थिक सहयोगका साथै व्यावसायिक तथा सीपमूलक परियोजना सञ्चालन गर्दै आएको छ।

देशभर चार लाख ५० हजार कृषक परिवार दूध उत्पादनको क्षेत्रमा आबद्ध छन् भने सहरी क्षेत्रमा दैनिक तीन करोड रुपैयाँको दूध उपभोग हुने गरेको एशोसिएशनका अध्यक्ष सुमित केडियाले जानकारी दिए।

देशमा करीब  १५ अर्ब रुपैयाँको लगानी डेरी उद्योगमा रहेको र यस क्षेत्रले २० हजार नागरिकलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको एशोसिएशनले जनाएको छ। उक्त एशोसिएशनअन्तर्गत करीब २०० उद्योग समावेश छन्।

एशोसिएशनका महासचिव प्रह्लाद दाहालले सरकारले कृषकलाई समयसापेक्ष मूल्य समायोजन र कृषकले पनि गुणस्तरीय उत्पादन गर्नुपर्ने बताए। मुलुकमा दैनिक ५० लाख लिटर दूध उत्पादन हुने भए पनि स्वदेशमा दूधको माग पूरा गर्न त्यसको २५ प्रतिशत दूध आयात गरिँदै आएको दाहालले जानकारी दिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved