24 Jan, 2018 | १० माघ २०७४ | बुधवार


Bizpati Reporter

Follow us on

हाइड्रो र पर्यटन आर्थिक विकासका मेरुदण्ड: चन्द्रप्रसाद ढकाल

Posted on:January 14, 2018

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाइड्रो र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन। म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले यस्तो बताएका हुन।  

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन (ओडीओपी) कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि  उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्पादन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उनको भनाइ छ।  

मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अव सवैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको तर त्यसका लागि झन्झटिला परम्परागत कानुनमा समयानुकुल संसोधन आवश्यक रहेको उनले बताए।   

रेमिटेन्स भित्राउने जिल्लाको रुपमा म्याग्दी अग्रणी रहेको बताउँदै यसरी भित्रिने रेमिटेन्सलाई सामुहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन सबैसंग आग्रह गरे।



Share your thoughts!

Loading...

Trending