नेपाल सरकारलाई टेलियाको ठाडो चुनौती, भन्यो-एनसेल बिक्रि गर्दाको कुनै कर बाँकी छैन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 15, 2018 | 06:27:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारबाट लाभकर तिर्न १५ दिनको अल्टिमेटम पाएको स्विडिस कम्पनी टेलिया सोनेराले नेपालमा आफ्नो कुनै कर दायित्व नभएको दाबि गरेको छ।

एन्सेल बिक्रि गर्दा लाभ कर तिर्न बाँकी रहेको भन्दै नेपाल सरकारले पत्र काटेको सूचना स्विडेनको एक पत्रिका मार्फत थाहा भएको उल्लेख गर्दै टेलियाले आफ्नो कुनै कर दायित्व नभएको स्पष्ट पारेको छ। 

अर्थ मन्त्रालय अन्तर्गतको ठुला करदाता कार्यालयले एनसेलको शेयर बिक्री गरी नेपालबाट बाहिरिएको टेलिया कम्पनीलाई शेयर विक्री गर्दाको ६५ अर्ब ४० करोड ३१ लाख लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको थियो।

तर टेलियाले भने एक बिज्ञप्ती जारि गर्दै सन २००८-२०१६ को बर्षको अवधिमा नेपाल सरकारसंगको सम्पूर्ण दायित्व पुरा गरेको दाबि गरेको छ। सन २००८ देखि २०१६ सम्म आफ्नो मातहतमा रहेको एनसेललाई टेलियाले २०७२ चैत्रमा टेलिया मलेसियाको एक्जीयटालाई ८० प्रतिशत सेयर बिक्रि गरि नेपालबाट बाहिरिएको थियो।

त्यो बेला ८० प्रतिशत सेयर बिक्रि गर्दा लाग्ने लाभकर बापतको रकम र त्यसको ब्याज तथा हर्जना समेत गरेर ६५ अर्ब ४० करोड रुपैयाँ पुगेको ठुला करदाता कार्यालयको भनाई छ।

सर्बोच्च अदालतले अन्तरिम आदेश जारि गर्दै एनसेललाई २५ अर्ब रुपैयाँ लाभांश बिदेश लैजान बाटो खोलिदिएपछि ठूला करदाता कार्यालय बक्यौता रहेको कर असुलिमा लागेको हो। सर्वोच्चको अन्तरिम आदेशबमोजिम राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को ७ अर्ब ६० करोड रुपैयाँ लाभांश विदेश लैजान सटही सुविधाका लागि स्वीकृति समेत दिइसकेको छ।

सर्वोच्चले २५ अर्ब रुपैयाँ लाभांश लैजान बाटो खुलाएको र राष्ट्र बैंकले समेत ८ अर्ब बराबरको लाभांश लैजान सुविधा दिइसकेको अवस्थामा ठुला करदाता कर कार्यालयले बक्यौता रहेको कर असुली कसरि गर्छ भन्ने हेर्न बाँकी नै छ।    

टेलियाद्वारा जारि बिज्ञप्ती 







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved