३ दिनमै ढुकुटीमा थपियो साढे ३८ अर्ब, सरकार अझै झण्डै ६४ अर्ब नोक्सानीमा

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 16, 2018 | 08:14:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ३ दिनमा नै ३८ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । पुस २७ गतेदेखि ३० गतेसम्मको अबधिमा सरकारी ढुकुटीमा ३८ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ राजस्व उठेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत पुस २७ गतेसम्ममा सरकारले २ खर्ब ९७ अर्ब ५० करोड ४८ लाख रुपैयाँ राजस्व उठाएको थियो । तर, माघ १ गते यस्तो रकम बढेर ३ खर्ब ३६ अर्ब २ करोड २८ लाख रुपैयाँ पुगेको छ । माघ १ गते माघी पर्वको उपलक्ष्यमा सरकारले सार्बजनिक विदा दिएको कारण यस्तो रकम ३ दिनमै जम्मा भएको हो ।

छोटो समयमा नै सरकारी ढुकुटीमा यति धेरै रकम जम्मा भएपछि बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाबको समस्या झनै चर्किनेछ । सामान्य अबस्थामा पनि पुस मसान्तमा आयकरको दोस्रो किस्ता रकम तिर्नुपर्ने नीतिगत ब्यवस्थाका कारण बैंकिङ क्षेत्रबाट करको रुपमा धेरै रकम सरकारी ढुकुटीमा जम्मा हुने गरेको छ । तर, अहिले बैंकिङ क्षेत्रमा तरलता अभाव भएको कारण समस्या झनै जटिल बन्ने बैंकर्स बताउँछन् ।

तीन दिनमा नै यति धेरै रकम राजस्व उठेपनि सरकार भने अझै नोक्सानीमा छ । महालेखा नियन्त्रकको कार्यालयले दिएको जानकारी अनुसार सरकार अझै ३६ अर्ब ६८ करोड रुपैयाँ नोक्सानीमा रहेको हो ।

गत पुस २७ गते सरकार ९५ अर्ब ७२ करोड रुपैयाँ नोक्सानीमा थियो । सरकारलाई आवश्यक काम गर्न नगद कम भएपछि पुस मसान्तभन्दा अगाडि नै १ खर्ब ९ अर्ब रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ । यस्तो ऋणको ब्याज ६ प्रतिशतको हाराहारीमा छ । सामान्य अबस्थामा सरकारले चालु आर्थिक बर्ष सकिएको ६ महिनापछिदेखि मात्रै आन्तरिक ऋण लिने गरेको थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved