प्रताप मल्ल पालाकै शैलीमा रानीपोखरीको पुनर्निर्माण गर्न सुझाब,कंक्रिटको पर्खाल भत्काइने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 18, 2018 | 09:41:48 AM मा प्रकाशित

laxmi  sunrise bank

रानीपोखरी मौलिक स्वरुपमा पुनःनिर्माण गरिने भएको छ । रानीपोखरीलाई मौलिक स्वरुपमा पुनःनिर्माण गर्नका लागि र कंक्रिट रिटेनिङ्गवालको संरचना हटाई परम्परागत स्वरुप बमोजिम पुनःनिर्माण गरिने भएको हो ।

रानीपोखरी पुनःनिर्माणका लागि आवश्यक अध्ययन गर्नका लागि पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वतमा गठित ११ सदस्यीय कार्यदलले मौलिक स्वरुपमा पुनःनिर्माण गर्नका लागि सिफारिस गरेको हो ।

‘विसं १७२७ मा प्रताप मललले शिखर शैलीमा रानीपोखरीको निर्माण गरेका थिए, विभिन्न समयमा रानीपोखरीको जीर्णोद्धार गर्दा रानीपोखरीको स्वरुपमा परिवर्तन भएको पाइएको छ,’ संयोजक कार्कीले भने । 

२०७२ वैशाख १२ गतेको भूकम्पबाट रानीपोखरीमा क्षति पुगेको थियो । रानीपोखरीको पुनःनिर्माण गर्ने भन्दै काठमाडौं महानगरपालिकाले रानीपोखरीमा कंक्रिटको पिल्लर ठड्याउने काम गरिएको थियो ।

रानीपोखरी पुरातत्विक महत्वका साथै ऐतिहासिक सम्पदा भएकाले आधुनिकताको नाममा कंक्रिटको प्रयोग गर्न नहुँने कार्कीको भनाई छ । रानीपोखरीलाई मौलिक शैलिमा कसरी निर्माण गर्ने भनेर त्यसको थप अध्ययन अनुसन्धान हुन आवश्यक छ । अहिले नै रानीपोखरी यसरी पुनःनिर्माण गर्नु पर्छ भन्नु हतार हुन्छ भन्दै उनले भने, ‘हामीले २ दिनको अध्ययनका आधारमा यो रिर्पोट तयार पारेका हौं, रानीपोखरी निर्माणको अध्ययनका लागि छुट्टै बिषेशज्ञहरुको टोली गठन गर्न आवश्यक छ ।’ विज्ञहरुले दिएको राय सुझाबको आधारमा मौलिक संस्कृत नमासिने गरी रानीपोखरी  पुनःनिर्माण गर्नु पर्ने उनी बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved