नाडाले भन्यो- गाडीमा धेरै नाफा लियो भन्ने भ्रम सिर्जना गरियो, कालोबजारी भएकै छैन

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 04, 2018 | 09:10:17 AM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले मुनाफाकै कारणले कालोबजारी र ठगी नगरेको स्पष्ट पारेको छ। नाडाले एक बिज्ञप्ती जारि गर्दै  अनुसन्धानको क्रममा रहेका घटनालाई केहि मिडियाका समाचारहरुले समाजमा भ्रम उत्पन्न गरेको उल्लेख गर्दै सत्यतथ्य बाहिर नआई समाजमा भ्रम सृजना नगर्न भनेको छ।

सवारी साधनमा लाग्ने विभिन्न शिर्षकका खर्च जोडि लागत गणना गर्ने प्रचलित सर्वमान्य लेखाको पद्धति बमोजिम गणना गरी सो लगानी गरे बापत सामान्य दरको मुनाफा जोडि बिक्री मूल्य कायम गरी कारोबार गर्ने गरिएको नाडाले जनाएको छ। 

'आर्थिक ऐन बमोजिम यसरी गणना गरिएको बिक्री मूल्य प्रत्येक चार÷चार महिनामा प्रकाशित गरी सरोकारवाला सबैलाई सुसुचित समेत गराउने गरिएको छ' नाडाद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

केहि प्रतिष्ठानहरुको अनुसन्धान हुँदै गर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिंदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजाय गर्नको लागि प्रहरीलाई लेखी पठाएको भन्ने सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको नाडाद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ। 

नेपालमा सबैभन्दा बढी राजश्व लगभग १ खर्बको हाराहारीमा सवारी साधनबाट असुल उपर भैरहेको र बीसौं लाखले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको दृष्टान्त पेश गर्दै नाडाले आफ्ना कुनै पनि सदस्यहरुले मुनाफाकै कारणले कालोबजारी र ठगी नगरेको दाबि गरेको छ।    

अनुसन्धानको बिषय टुंगो नलागेसम्म स्वतन्त्र रुपमा व्यापार÷व्यवसाय गर्न पाउने संवैधानिक हक समेत हनन् हुने गरी केहि मिडियाबाट समाचार सम्प्रेषण भएकोमा यस्तो नगरिदिन समेत नाडाले आग्रह गरेको छ।   





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved