५६ लाख सहित वीरगञ्जबाट हुन्डी गिरोह पक्राउ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 11, 2018 | 05:13:10 PM मा प्रकाशित

laxmi  sunrise bank

अटो मोबाइल्सको नाममा हुण्डी कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार (आज) दिउँसो २ बजेतिर रिङरोडस्थित दक्षिणकालीको एक पसलबाट प्रहरीले छापा मारी उनीहरुलाई पक्राउ गरेको हो।

वीरगन्ज महानगरपालिका – १६, बसपार्क लिंकरोड स्थित रहेको न्यू दक्षिणकाली अटो मोबाइल्सको नाममा हुण्डी कारोबार गर्दै आएका संचालक सहित ४ जनालाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा मुख्य कारोबारी भारत रक्सौल घर भएका रितेशकुमार गुप्ता रौनियार, रितेशका कार्यालय कर्मचारी बिनिता अग्रवाल र सहयागी मनोज पटेल रहेका छन्।

त्यस्तै घरधनी राजेश रौनियारलाई पनि नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले बताए । उनीहरुको साथबाट प्रहरीले ५६ लाख नगद, २ बोरा कागजात र  बिभिन्न बैकका चेक बरामद गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved