मुलुकमा स्थाइ सरकार आउँछ, लगानीको वातावरण बन्छ-चन्द्रप्रसाद ढकाल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 13, 2018 | 09:22:35 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा स्थायी सरकार आइ पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने विश्वास ब्यक्त गरेका छन। 

जलविधुत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको कुरामा जोड दिँदै उपाध्यक्ष ढकालले ब्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उधोगी–व्यवसायीहरुलाई सहयोग पुर्याउने कार्यमा नेपाल उधोग वाणिज्य महासंघ दत्तचित्त भएर लागेको बताए। 

लमजुङ्ग  उद्योग वाणिज्य संघको आयोजनामा लमजुङ्गस्थित बेशीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्वसलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरेका हुन।

लमजुङ्ग  जिल्ला जलश्रोतले सम्पन्न भएको र त्यस्तो अपार जलश्रोतलाई  उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै पर्यटन र जलविधुत नेपालको दिगो आर्थिक विकासका लागि महत्त्वपूर्ण क्षेत्र रहेको उल्लेख गरे। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved