लगानी भित्र्याउन भारतमा जस्तै नेपालका प्रदेशबीच प्रतिस्पर्धा हुनुपर्छ: चन्द्र ढकाल

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 15, 2018 | 06:05:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा बिदेशी लगानी भित्र्याउन प्रदेशबीचमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्। 

उपाध्यक्ष ढकालले भारतको प्रदेश सरकारले लगानी भित्राउन विभिन्न विदेशी लगानी र निजी क्षेत्रलाई सुविधा दिने गरेको उदाहरण पेश गर्दै नेपालमा पनि लगानी भित्रयाउन सबै प्रदेशहरुमा त्यस्तै प्रतिस्पर्धा हुनुपर्ने बताए।

दाङ्गमा कृषि पर्यटन र खानी उद्योगको क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै यी सम्भावनाहरुलाई दिगो आर्थिक विकासको माध्यम बनाउने कार्यमा स्थानीय उद्योग वाणिज्य संघहरु निजी क्षेत्र र लगानी गर्न चाहने इच्छुक सबैसंग मिलेर काम गर्न नेपाल उद्योग वाणिज्य संघ सदैव तयार रहेको ढकालले बताए। 

'उद्योग ,व्यापार, कृषि एवम पर्यटनको विकास परनिर्भरमुखी अर्थतन्त्रको निकास' भन्ने मुल नाराका साथ दाङ्ग उद्योग वाणिज्य संघको आयोजनामा आज घोराहीमा आयोजित चौथो दाङ्ग व्यापारिक तथा पर्यटन महोत्सवलाई विशिष्ट अतिथीको रुपमा सम्बोधन गर्दै ढकालले उक्त कुरा उल्लेख गरे। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved