आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाउन नयाँ सरकारसँग चेम्बरको आग्रह

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 16, 2018 | 03:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्वर अफ कमर्सले केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारलाई बधाइ दिएको छ। नयाँ सरकार गठन भएको प्रति खुशी व्यक्त गर्दै चेम्बरले नवनिर्वाचित प्रधानमन्त्रीको नेतृत्त्वमा सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास लिएको छ। 

राजनीतिक संक्रमणकाल समाप्त भएसँंगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास चेम्वरले लिएको छ । चेम्वरले शुक्रबार एक वक्तव्य जारी गरी मुलुकको आर्थिक समृद्धिका लागि नयाँं सरकारसँंग मिलेर जान तत्पर रहेको पनि जनाएको छ । 

यसका लागि लगानीको वातावरण बनाउने तर्फ लाग्न सरकारको ध्यानाकर्षण पनि गरेको छ । निजी क्षेत्रसँंग सहकार्य गरेर अगाडि वढन पनि चेम्वरले सरकारसँंग विशेष आग्रह गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved