रियाल, दिर्हाम र रिंगिटको मूल्य आज पनि कमजोर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 07, 2018 | 09:35:39 AM मा प्रकाशित

laxmi  sunrise bank


रियाल, दिर्हाम र रिंगिटको मूल्य आज पनि कमजोर देखिएको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार एक साउदी रियालको खरिद दर २७ रुपैयाँ ६३ पैसा र विक्रि दर २७ रुपैयाँ ७९ पैसा विनिमय दर तोकेको छ । त्यस्तै, कतारी रियाल एकको खरिद दर २८ रुपैयाँ २२ पैसा र विक्रि दर २८ रुपैयाँ ६३ रुपैयाँ रहेको छ । 

युएई दिर्हाम एकको खरिद दर २८ रुपैयाँ २८ पैसा र विक्रि दर २८ रुपैयाँ ३८ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिद दर २६ रुपैयाँ ५९ पैसा र विक्रि दर २६ रुपैयाँ ७४ रहेको राष्ट्र वैंकले जनाएको छ । 

कोरियन वन १ सयको खरिद दर ९ रुपैयाँ ७१ पैसा र विक्रि दर ९ रुपैयाँ ७७ पैसो छ भने कुवेती दिनारको एकको खरिद दर ३ सय ४५ रुपैयाँ ५१ पैसा र विक्रि दर ३ सय ४७ रुपैयाँ ५१ पैसा रहेको छ ।

एक बहराइन दिनार एकको खरिद दर २ सय ७४ रुपैयाँ ८२ पैसा र विक्रि दर २ सय ७६ रुपैयाँ ४१ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर आफैँ मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved