अब दरबारमार्गमा छापा मारिन्न, भन्सारको मुहानै सफा गरिन्छ : अर्थमन्त्री

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 07, 2018 | 07:53:30 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री ड़ा युवराज खतिवडाले सरकारले कर उठाउन कडाई गर्ने बताएका छन। बुधबार अर्थमन्त्रालयमा आयोजित बजेटको मध्यावधि समिक्षा कार्यक्रममा बोल्दै ड़ा खतिवडाले सरकारले लक्ष्य भन्दा बढी राजश्व उठाउन सक्ने बताउदै करमा कडाई गर्ने बताएका हुन। 

ड़ा खतिवडाले कर प्रणालीलाई चुस्त्र र दुरुस्त राखी लक्ष्य भन्दा बढी राजश्व उठाउन सकिने बताएका छन। मुहानमै कडाइ गरेपछि खोला शुद्ध हुने बताउँदै खतिवडाले अब सरकारले भन्सारमा कडाइ गर्ने जानकारी दिए।

खतिवडाले भन्सारमा खुकुलो गरेर सामान छाडिदिने अनि पुरानो कानून समातेर दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य हुन्छ भन्दै भने ‘हामी मुहानमै यसलाई सम्वोधन गर्छौं, हामी मुहानै सफा गर्ने भनेर लागेको हो ।’ 


 


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved