पोखरा र निजगढ विमानस्थलले पाएको बजेट नै खर्च गरेनन्

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 08, 2018 | 09:11:49 AM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा अन्तराष्ट्रिय विमानस्थल र निजगढ विमानस्थलले सरकारले छुट्याएको बजेट खर्च गर्न सकेका छैनन । 

राष्ट्रिय गौरवको आयोजनामा परेका यी दुई ठूला आयोजनाले यस वर्षका लागि सरकारले विनियोजन गरेको झण्डै ६ अर्ब ५० करोड रकम खर्च गर्न नसकेका हुन् । 

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७४÷०७५ को अर्ध वार्षिक समिक्षा गरी दुईवटै विमानस्थलका लागि छुट्टाएको बजेट खर्च हुन नसकेको जनाएको छ । 

दोस्रो अन्तराष्ट्रिय बिमानस्थलको प्रारम्भीक काम पनि सुरु नभएको र बिमानस्थलका लागि जग्गा अधिग्रहणमा समस्या भएकोले बजेट खर्च हुन नसकेको जनाईएको छ । 


बैकल्पिक अन्तराष्ट्रिय बिमानस्थलको रुपमा निर्माण गर्न लागिएको निजगढ विमानस्थलको निर्माणमा शन्तोषजनक प्रगति हुन सकेको छैन् । 

चालु आर्थिक वर्ष ०७४÷०७५ मा यस आयोजनाका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको थियो । 


पोखरा अन्तराष्ट्रिय बिमानस्थलका लागि सरकारले छुट्टाएको ५ अर्ब रकम पनि खर्च हुन सकेको छैन । सरकारले सन् २०२१ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको लिएपनि अहिलेसम्म कुनै प्रगति हुन सकेको छैन । 

निर्माणाधीन अवस्थामा रहेको गौतम बुद्ध क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलले भने चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब खर्च गरेको छ ।


सन् २०१५ मा निर्माण सुरु गरेर सन् २०१७ को डिसेम्बरसम्म आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि अहिलेसम्म सकिएको छैन । चिनीयाँ ठेकेदार नर्थ वेस्ट सिभिल कम्पनीको ढिलासुस्तीका कारण काम अघि बढ्न नसकेको हो । 


यस वर्ष सरकारले गौतम बुद्ध क्षेत्रीय अन्तराष्ट्रिय बिमानस्थलका लागि ७ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरेकोमा मूल बजेटको २७ दशमलव ७० प्रतिशत अर्थात २ अर्ब रकम खर्च भएको अर्थमन्त्रालयले जनाएको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved